क्यानडामा सन् २०२५ अक्टुबर मा हुने तिन सय ३२ सदस्यीय तल्लो सदनको संसद् सदस्यको चुनाबमा उम्मेदवार हुन् विन्डसर वेस्ट क्षेत्र बाट कन्जरभेटिभ पार्टी अफ क्यानडा (सी पी सी) को उम्मेदवारको लागि नेपाली मुलका क्यानडेली नागरिक अनिल थापा हाल आन्तरिक प्रतिस्पर्धामा हुनुहुन्छ।
यदि उँहालाइ सम्बन्धित पार्टीले टिकट प्रदान गरेर चुनाबमा विजय हासिल गराउनु भयो भने थापा सम्भबत बिश्वमै राजनैतिक रुपमा सबैभन्दा उच्च स्थानमा पुग्ने नेपाली मूलको ब्यक्तिमा पर्नुहुनेछ। सन् २०२४ को जुन वा जुलाई महिनामा हुने आन्तरिक प्रतिस्पर्धाको तयारीमा ब्यस्त थापाले बि एल नेपाली सेवा संगको छोटो कुराकानीमा आफुलाई पार्टीले टिकट दिने कुरामा बिश्वस्त भएको बताउनु भयो।
२८ सेप्टेम्बर १९७२ मा बीरगंजमा जन्मिनु भएका थापा पुर्ब बिमान चालक हुनहुन्छ र सन् २००१ मा अमेरिका र त्यसपछि २००५ मा क्यानडा आउनु भएको हो। बिगत १८ बर्ष देखि आफ्नै पहलमा नेपाली भाषामा रेडियो नमस्ते नामक रेडियो सन्चालन गर्दै आउनु भएका थापा त्यस क्षेत्रको चर्चित सामाजिक अभियन्ता र ब्यबसायी पनि हुनुहुन्छ। सन् २०१३ मा एन आर एन क्यानडा का अध्यक्षको कार्यभार समेत सफलतापुर्बक सम्हालिसक्नु भएका थापाको नेतृत्वमा रेस्टुरेन्ट, रियल स्टेट र मनोरन्जन ब्यबसायहरु पनि सन्चालनमा छन्।
पत्रकार तथा लेखक
प्रतिक्रिया