उड्यो चरीमा प्रविणले गाए प्रवासमा पहिचान खोज्दै गरेकाहरुको भावुक कहानी

इनेप्लिज २०८१ वैशाख १० गते २१:४७ मा प्रकाशित

नेपाली सुगम संगीतमा पछिल्लो समय अत्याधिक रुचाइएका गायक प्रविण वेडवालको स्वरमा “उड्यो चरी” बोलको भावुक गीत हालै सार्वजनिक गरिएको छ। डा अच्युत शर्माका सुललित शव्दहरूमा संगीतकार राजेश थापाको संगीत रहेको छ। गीतको सङ्गीत संयोजन र ध्वनि मिश्रण राजु कार्कीले गरेका छन्। काठमाडौँको किंग्स स्टुडियोमा रेकर्ड गरिएको यो गीतको रेकर्डिङ्ग चाहीं सुरेश राइले गरेका हुन भने गीतको दृश्य सम्पादन विनोद बमले गरेका छन्।

सुक्ष्म जीवविज्ञानको प्राध्यापन र अनुसन्धानमा आफ्नो अन्तर्राष्ट्रिय छवि बनाएका गीतकार प्राडा अच्युत शर्माले यस गीतमा विविध कारणले जन्मेको माटो त्यागेर विदेशी भूगोलमा भौतारिनु पर्दा एक प्रवासीको मनभित्र खेल्ने अनेक भावना र मनोदशालाई सुक्ष्म रुपमा चित्रण गरेका छन्।

आफ्नै देशभित्र अनागरिक बनाइ शरणार्थी बनाइएका र तेस्रो देशमा पुनर्स्थापना गरिएकाहरुको न आफ्नो आगन आफ्नो रहन सक्यो न त पराइको आगन नै आफ्नो बन्न सक्यो तर मनभित्र देशको माया कहिल्ल्यै मरेन, उल्टै दुख्ने घाउ झैं माया बल्झिरह्यो। मुटुमा देश बोकेर संसार दुलिरह्यो यद्यपि आफ्नो माटो चुम्न फेरि मातृभूमि फर्कने अवसर कहिल्यै मिलेन। आफ्नै माटो सधै परदेश लाग्ने परिवेश बनिरह्यो। यही कथालाई एउटा फिरन्ते चराको विम्बमा परिवेशलाई भावुक किसिमले चित्रण गर्दै गीतमा प्रस्तुत गरिएको छ।

गीत सार्वजनिक भएपछि प्राप्त प्रारम्भिक प्रतिक्रियाहरूबाट आफूहरू उत्साहित भएको बताउछन् गीतकार शर्मा । प्रवासमा रहेकाहरु अझ खास गरी भिन्न राजनीतिक परिवेशका कारणआफ्नै भूमिबाट विस्तापित भइ प्रवासमा पहिचान खोज्दै प्रवासी जीवन बिताइरहेकाहरुबाट प्राप्त भावुक प्रतिक्रियाबाट आफु स्वयम नै भावुक बनेको अनुभव सुनाउछन गीतकार शर्मा।

गीतको लिंक :

प्रतिक्रिया