सिक्किममा भईरहेको मानव अधिकार उल्लंघनको बिरोधमा संसारभरीका किंरात राईहरूको प्रेश बक्तब्य

इनेप्लिज २०८० चैत १० गते १०:४१ मा प्रकाशित

हालै बिस्व भरी छरिएर रहेको नेपालीहरु बिशेष गरी प्रवुद्द राई समुहले एक बक्तब्य जारी गरी भारतको सिक्किम राज्यमा भई रहेको घटनाको नीन्दा र घोर भर्त्सना गरेको छ। भारतको एक शान्त, संमृद्ध एवं सुन्दर राज्य सिक्किममा पछिल्लो पटक श्रींगखलावद्द रुपमा सरकारले मानव अधिकारको उल्लङ्घन गरी रहेको सन्दर्भमा चासो र चिन्ता ब्यक्त गरिएको छ/ बक्तब्यमा भनिएको छ- सिक्किम राज्यमा भइरहेको विभिन्न राजनीतिक तथा गैरराजनीतिक घट्नाहरू प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। संसारमा पहिलो जैविक राज्य, शान्त र सुन्दर भनिएर चिनिएको सिक्किम राज्यमा बिगत ५ वर्ष देखि कलह, किचोला र अशान्त भएको छ।

बक्तब्य मा भनिएको छ-अन्य थुप्रै घटनाहरू घटेको सन्दर्भमा विशेषत पछिल्लो पटक सिक्किम घुम्न गएकी एक सामान्य ब्लगर नेपालकी नागरिक उमा चामलिङ राईलाइ अकारण गिरफ्तार गरी अन्तररास्ट्रिय आतंकवादी जसरी यातना दिनु लगत्तै नेपालकै चर्चित गायक राजेश पायल राईलाई सिक्किम प्रवेशमा रोक लगाउनु मानवअधिकारको गम्भिर उल्लङन् हो/कुनै पनी देशको धार्मिक सहिष्णुता, राष्ट्रिय सुरक्षा, अखण्डता र राष्ट्रियतामा खतरा आउने अवस्थामा बाहेक अन्य अवस्थामा अन्तर्राष्ट्रिय भातृत्व र सौहार्द्रताका प्रतीक मानीने कलाकारलाई तथा पर्यटकलाई यसरी पक्राउ गरी यातना दिनु भ्रमणमा रोक लगाउनु बिस्वब्यापी मुल्य र मान्यताको खिल्ली उडाउनु हो।

यसैबीच हाल पुनः सिक्किमका पूर्व सभामुख, पूर्वमन्त्री तथा वरिष्ठ नेता, साहित्यकार, प्राज्ञ, जेष्ठ नागरिक के एन राई उपर सरकार द्वारा पालीत पोषित गुण्डा हरुले दिन दहाडै ज्यान लिने उद्देश्यका साथ आक्रमण गरिएकोमा बक्तब्यमा कडा भर्त्सना गरिएको छ। हालको सिक्किम सरकार तथा सरकार सञ्चालन गरिरहेको दल देश तथा विदेशमा रहेका अधिकारकर्मी, कलाकार तथा सामान्य नागरिकप्रति समेत असहिष्णु भएको देखिन्छ । त्यहाँको सरकारमा संलग्न जिम्मेवार व्यक्ति तथा पार्टीका नेताहरूद्धारा सार्वजनिक गरिएको अभिव्यक्तिबाट वर्तमान सिक्किम सरकार आफ्नै नागरिकहरूलाई आतंकित पारेर निश्चित समुदाय वा क्षेत्रलाई दोषी करार गर्न उद्धत देखिन्छ। यसको बाछिटा सिक्किमको मात्र हैन सिक्किमको अत्यन्तै हित चाहने छिमेकी नेपाल तथा बिस्वका नेपालीसम्म आई पुगेको छ।

तसर्थ हामी हाल सिक्किममा भई रहेको राज्य आतंक बन्द गरी अन्तर्रास्ट्रिय लोकतान्त्रिक मूल्य मान्यताको सम्मान गर्न सिक्किम सरकारसँग जोडदार माग गर्दै विश्वभर न्याय, धार्मिक तथा जातीय सहिष्णुता कायम राख्दै ,लोकतन्त्र र मानव अधिकारको पक्षमा रहनुहुने संसारमा बस्नु हुने सम्पुर्णलाई सिक्किमको वर्तमान अवस्थाप्रति ध्यान दिन र सिक्किमको शान्ति, सुरक्षाका लागि सिक्किम सरकार तथा भारत सरकारलाई दवाव दिन बक्तब्यमा अपील गरिएको छ। स्वास्थ्य अवस्था गम्भिर रहेका श्री के एन राई ज्यूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पक्राउ परेका र फरार रहेका अपराधीलाई चाडो पक्राउ गरी कडा भन्दा कडा कानुनी कार्वाही गर्न समेत सिक्किम सरकार संग माग गरिएको छ।

बिज्ञप्ती जारी गर्ने हरुमा –
सुरेश चामलिंग राई-अधिवक्त्ता न्यू हेम्पशायर अमेरीका, डा.सुमाया राई बेलायत, जय कुमार राई-कुलपती किरात राई प्रज्ञा परिषद नेपाल, डा.तारामणि राई-उपप्राध्यापक त्रिभुवन विश्व बिधालय किर्तिपुर नेपाल, नगेन चामलिंग राई-लेखक पत्रकार मेरील्यांड अमेरीका, गराचा किरात-सामाजिक अभियन्ता न्यूयोर्क अमेरीका, एम के राई-संयोजक- किराती अन्तरराष्ट्रिय सांस्कृतिक अभियान नेपाल, बिश्व राई पत्रकार टेक्सस अमेरीका, डा.लाल रापचा-प्रिन्सिपल युनाइटेड कलेज त्रिभुवन विश्विद्यालय नेपाल, मुक्ति नारायण राई-महासचिव यूनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरीका, भगवान चाम्लिङ -सल्लाहकार नेपाली समाज बेलायत, सञ्जय याङबाङ-सदस्य किराती अन्तरराष्ट्रिय सांस्कृतिक अभियान क्यानडा, मुम्चे राई-कवी लेखक कतार, रविन राई सामाजिक अभियन्ता पोर्चुगल, डा. के. के. राई नेपाल, मक्कर बहादुर खालिङ-अध्यक्ष किरात खालिङ राई उत्थान संघ अमेरीका शाखा, भोगिराज चाम्लिङ लेखक, मुन्दुम अध्येता- नेपाल, जनकऋषी राई-पत्रकार नेपाल, टि. बी. राई-सदस्य किराती अन्तरराष्ट्रिय सांस्कृतिक अभियान भारत, प्रेम राई-सामाजिक अभियन्ता हंगकंग, मणिराज राई-सामाजिक अभियन्ता हंगकंग, सुमन राई-सामाजिक अभियन्ता दुबई यू ए ई, लगायत संसारभरका प्रवुद्द समुहले बक्तब्य प्रती समर्थन जनाएका छन्।

प्रतिक्रिया