कविता  – नयाँ वर्ष 

इनेप्लिज २०८० चैत २७ गते ९:४७ मा प्रकाशित

नयाँ वर्ष तिमी
हरेक वर्ष आउछौ
हरेकको ओठ,चोट
र मनको छहारीको बोटमा
हराभरा भएर
निकै दिनसम्म लहराउछौ ।

नयाँ वर्ष! तिमी
हरेकको चाहाना मेट्ने,
भावना साट्ने
भविष्यप्रति रमाउने दिन भएर
मुस्कुराउछौ ।
हरेकको मनमा
कतै नभएको खुसी प्राप्ति गर्ने
चाहानाले छचल्क्याउछौ,
पछ्याउछौ रजीवनभरको
खुसीको फाँटवारी
आफ्नो कित्तामा बटुल्न लगाएर
सबैलाई लट्पट्याउछौ

नयाँ वर्ष तिमी
हरेक पटक आउदा
अनेकौ तरङ्ग लिएर
सबैको मन र मष्तिक्समा सलबलाउँछौ।

हेरकको मनमा जमेर
रम्न र रमाउन लागाउँछौ
रम्दारम्दै
कसैको खल्ती रित्याएर
कसैलाई झुक्याएर
कसैलाइ खुस्काएर
भए पनि गडगडाउँछौं।

नयाँ वर्ष
तिमी र मेरो त
निकै नजिकको नातो छ,
त्यो नातो
रगतको त होइन
सङ्गतको मात्रै हो

यो संगतले
दुवैको अनवरतको यात्रा
जोडिएको छ,
यात्राकालागि
निकै ठूलो डोबाटो खनिएको छ,
त्यो बाटोमा
जन्म र मरण पनि सँगै
जोडिएको छ,
कर्म र मानव धर्म पनि
टाँसिएको भेटिन्छ ।

अनवरत यात्राभित्र
कर्म र मानव धर्मका अनेकौं
चोट र खोटले
यात्रालाई रङ्ग्याएको महसुस हुन्छ।

यात्राभित्रका
अनगिन्ति खोटहरुका
विभिन्न नाता छन्,
तर
तिमी ती नाताप्रति मौन छौ,
चोट र खोटको पीडाबाट
किन चुप छौ ?

पटक पटक भोगेर
भोगेको देखेर र सहेर पनि
चुपचाप मुस्कुराउछौ।

पिडाको गहिरो चोट सहेर पनि
नयाँ वर्षको नाममा
पल भरका लागि
रमाउन लगाउछौ ।

नयाँ वर्ष !
तिम्रा,अनेकौ दुख र दर्दभित्र
सयौं खुसिका
रङ्गहरू देखेकी छु,
ती खुसीले तरङ्याउने तरीका बुझेकी छु
सबै बुझेर नै होला
तिम्रा पौरखहरूले मलाई पनि
मानव रङ्गशालाको नर्तक
बनाएका छौ
त्यहीँ रङ्गशालामा
मेरो सिपको प्रदर्शनी र खुसियालीमा
तिमी सहित मलाई पनि
विक्रम सम्वत २०८१सालको निम्तो छ
अनि तपाईहरुमा शुभकामना छ !

हरेक नेपालीको मन,मस्तिष्कमा
खुसि रमोस
सुख र शान्ति फैलियोस
सम्वृदिले घर,परिवार र राष्ट्र
चुमोस
घात र अन्तरघातको श्रृङखला
टुटोस
म पाँइत्व र हडाप्याइ हटोस
पछौटे चिन्तनले हेप्ने परिपाटी टुटोस
हत्या,हिंसा र बलात्कार,
दङ्गा फसादको समाचार
पढ्न नपर्ने वातावरण बनोस्
नयाँ वर्ष तिमीलाई पनि
मेरो शुभकामना है !

🌹🌹🌹🌹

सीता ओझा
२०८०/१२/२७

प्रतिक्रिया