प्रदीप ज्ञवालीको दाबी : माधव नेपालको दबाब, धम्की र बार्गेनिङको बावजुदपनि अहिलेको सहकार्य टिकिरहन्छ (भिडिओसहित)

इनेप्लिज २०८१ वैशाख १३ गते ९:४२ मा प्रकाशित

काठमाडौं, १२ बैशाख। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन् । उनले माधव नेपाललाई पार्टीले नेकपाको स्थापनाको ७५ वर्षको अवसरमा हालै मनाएको हीरक महोत्सवमा निम्तो दिएको भएपनि नआएको प्रसंगमा कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले भने,‘हामीलाई के भयो र ? हामीले त निम्ता गर्ने हो । गरिहाल्यौं । कोही आउनुहुन्न भने हामीले त्यसमा के गर्न सक्छौं र ?’ प्राइम टिभीबाट हिजो राति प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । माधव नेपालले त केपी ओलीलाई विश्वासघाती भन्नुभएको छ नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने–‘होईन, अब उहाँले को को लाई विश्वास गर्नुहुन्छ, गर्नुहोस न ।’

उनले एमाले र एकीकृत समाजवादीबीच एकताको तत्काल कुनै सम्भावना नभएको स्पष्ट पारे । उनले आफूहरु र माधव नेपालबीच कुरा मिलेर नै सहकार्य अघि बढेको बताए । तर, पार्टी एकताको तत्काल सम्भावना भने नभएको उनको स्पष्टोक्ति थियो । उनले भने,‘उहाँ यो सहकार्यमा अडिनुहुन्छ भन्ने नै लाग्छ, उहाँका अब दबाब, धम्की र अनेकौं खालका कुराहरुको बावजुद अनि बार्गेनिङ यावतको बावजुद यो सहकार्य टिकिरहन्छ । तर, पार्टी एकता त अहिले म सम्भव देख्दिनँ ।’

प्रतिक्रिया