बाइडेनद्वारा युक्रेन र इजरायल सहितको महत्त्वपूर्ण सैन्य सहायता प्रदान गर्ने विदेशी सहायता विधेयकमा बुधबार हस्ताक्षर 

इनेप्लिज २०८१ वैशाख १२ गते १६:५४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन र इजरायल सहितको महत्त्वपूर्ण सैन्य सहायता प्रदान गर्ने विदेशी सहायता विधेयकमा बुधबार हस्ताक्षर गरेका छन ।

हस्ताक्षर गर्ने बित्तिकै अव यो कानून बनेको छ । महिनौं महिना सम्म बहसमा अल्झिएको सहायता विधेयकमा ठूलो बहस गर्दै युक्रेनलाई महत्त्वपूर्ण सैन्य सहायता प्रदान गर्ने सहायता सॅपुष्टी( प्याकेज) मा हस्ताक्षर गरे। 

मङ्गलबार साँझ सिनेटले पारित गरेको र कुल ९५ बिलियन डलरको  बराबरको सहायता  युक्रेनलाई करिब ६१ बिलियन , इजरायललाई २६ बिलियन डलर र इन्डो–प्यासिफिकका लागि ८ बिलियन डलर समावेश गरिएको छ । 

 विधेयकमा हस्ताक्षर गरेपछि ह्वाइट हाउसबाट अमेरिकी-युक्रेनी झण्डाको बिल्ला लगाएर बोल्दै बाइडेनले यो “अमेरिकाको लागि राम्रो दिन, युक्रेनको लागि राम्रो दिन र विश्व शान्तिको लागि राम्रो दिन” भएको बताए।

 अमेरिकालाई सुरक्षित बनाउनेछ। यसले संसारलाई सुरक्षित बनाउनेछ, उनले भने। 

प्रतिक्रिया