कविता – दम्पती 

इनेप्लिज २०८० चैत १ गते २३:२७ मा प्रकाशित

तिमी र मेरो  

यारको साइनो होइन 

प्यारको नातो जोडिएको छ

विहान र साँझमात्रै भेटे पनि

नयाँ घर बनाउने सम्बन्धले

जीवन चलाउने सहयात्रामा 

अग्निको सात फेरो लगाउदा

परिवार बनाउने जिम्मेवारी 

नाता र सम्बन्ध साक्षी राखेर

तिमीलाई बुझाएका छन् ।

तिमी र मैले बनाउने घरभित्र 

मानवता र भावनात्मक सम्बन्धको

घडा भर्न र प्यास मेटाउन 

जीवनरसको जल राखिएको छ

भर दिनको थकाइ मेट्न 

दुख र सुखको स्वाद फेर्न                                   विस्तारामाथि सप्तरङ्गी

सतरञ्जा ओछ्याइएको छ ।

तिमी र मेरो 

सम्बन्धको डोरीभित्र 

नङ्ग र मासु जस्तै 

ओत र ओज भरिएको छ 

जीवनका हेरेक रङ्ग चिन्न 

एकअर्कोलाई बुझ्न 

विहान र साँझको 

भान्सामा इन्द्रणी कोरिएको छ ।

तिमी र म विचको सम्बन्ध बुझ्न                       

मारे पाप र पाले पुन्यको कथाले             

एउटा पाटोबारी नै खर्चिएको छ ।

गृहस्थको बन्दोबस्तीकोलागि

पतिपत्नीको सह-धर्म रोजिएको छ ।

तिमी र मेरो गृहस्थमा 

तिम्रो र मेरै विश्वास अडिएको छ

नरम र गरम हुँदाका गन्थन मेट्न

दुबैको अस्तित्व साटिएको

भावनाको चौतारी बनाइदिएको छ

तिमी र मलाई चिन्ह 

हाम्रै मन र मन्दिर काफी छ

तिम्रो पतित्व र मेरो पत्नीत्व

दुबैको सतित्वको अग्नि परीक्षा 

काँचो धागोले खुल्ला

नातामा बाँधिदिएको छ । 

तिमी र म विचको विश्वासमा 

तिम्रो र मेरो अपनत्व जोडिएको छ

झुकिएर लागेका चोट र खोटबिर्सन

पुर‌ै रात र हाम्रो विस्तारा काफी छ

तर पनि हाम्रो मौनता जिवित छ

खै, किन हो ? 

 आजकाल 

दिन पनि अध्यारो छ,

मेरो मौनताभित्र 

तिम्रो न्यानो स्पर्श  

तिमीप्रति नै चसक्क भएर  झस्किएको छ ।

मैले गरेको विश्वामा तिमीले धाप मार्नु पर्ने

तिमीले साँचेको स्नेहले म ओजस्वी देखिनु पर्ने 

तर, दुबैविच अविश्वास र छल पो देखियो त !

तिमी र म विचको चिसोले

हाम्रो परिवार चिसिँदै छ

मिठो,मसिनो सिद्धिदै छ

भन्डारको सह रितिँदै छ

अनाहकमा अर्काको कान्लो

खेत र बारी खनिदैछ । 

त्यसैको संकेत हो

मेरो मौनता 

तर,तिम्रो मौनतामा के छ ? 

मलाई थाहा छैन।

कोट्याउन पनि खोजिन 

तिमीले अलिकति बल गरेर

कोट्याउन खोज्यौ भने

 सुल्झाउन र बुझ्न खोज्यौ भने

त्यसैभित्र तिम्रो संसार भेटिनेछ,

डुबी सकेको  पन्डुवी

फेरि सतहमा तैरिने छ

टुटी सकेको  विश्वास पनि

अझै तिमीसँगै अडिनेछ ।

मैले नाँघ्न खोजेको काँडेतार 

तिम्रो विश्वासले चुडिनेछ

तिम्रो पाएनको रसायनले

हाम्रो मायाको डोरो

अझै बलियोसँग गाँसिने छ

सीता ओझा 

वि स २०७८/११/१४  /

प्रतिक्रिया