दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मानबाट लता गिरी सम्मानित

इनेप्लिज २०८१ वैशाख ९ गते १६:१८ मा प्रकाशित

वैशाख ९ । नेपाल स्रष्टा समाजले वर्ष २०८१ का लागि दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान साहित्यकार तथा सामाजिक अभियन्ता लता गिरीलाई प्रदान गरेको छ । स्वास्थ्यको कारण काठमाण्डौँसम्म आएर गिरीले सम्मान ग्रहण गर्न नसक्ने भएपछि समाजका अध्यक्ष श्रीअोम् श्रेष्ठ राेदन र महासचिव देबिका तिमल्सिनाले निजकै निवास बिराटनगर पुगेर सम्मान अर्पण गर्नुभएको हो ।

११ वर्षको उमेरमा विवाह भएर ३५ वर्षदेखि एकल रूपमा रहेकी गिरीले महिला जागरणका लागि शिक्षा, स्वास्थ्य, स्वरोजगार र साहित्यिक क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएको छ। उहाँका तीन भजनसङ्ग्रह तथा चेतनामूलक गीतहरू रेकर्ड भइसकेका छन् ।

यस सम्मानको स्थापना आफ्नी आमाका नाममा साहित्यकार पुष्पा खनालले गर्नुभएको हो ।

नेपाली साहित्यमा क्रियाशील भईकन पनि ओझेलमा परेका नारी स्रष्टालाई यो सम्मान प्रदान गरिन्छ ।

यसअघि सिर्जना शर्मा, डिक्रा वादी, इन्द्रा गहतराज, प्रतिमा पोखरेल, निर्मला मुरारी खनाल र यमुना अधिकारी पराजुली दमन्ता खनाल स्मृति नारीस्रष्टा सम्मानबाट सम्मानित भइसक्नुभएको छ ।

पन्ध्र हजार एक सय एघार राशिसहितको यो सम्मान दमन्ता खनालको जन्म जयन्तीका अवसरमा प्रत्येक वर्ष वैशाख ९ गते एक विशेष कार्यक्रमको आयोजना गरी प्रदान गर्दै आइएकोछ ।

प्रतिक्रिया