
कोलोराडो । अनेसासमा त्याग, अनुभव र सिद्धहस्त कविको रूपमा परिचय वनाएका राजु सिटौलाले अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज अनेसासको आगामी कार्यकालको लागि महासचिव पदमा उमेदवारी दिएका छन् ।
अमेरिकाको कोलोराडो राज्यमा वस्दै आएका सिटौला नेपाली भाषा र साहित्यको उत्थानको लागि क्रियाशील अमेरिकामा रहका नेपालीहरु मध्ये गन्न सकिने नाम हो । उनी विहानै देखि राति अवेर सम्म आफनो व्यस्त जीवनको समयलाई व्यवस्थापन गर्दे साहित्य सृजना गर्छन, श्रष्टा र सृजनामा तल्लिन व्यक्तित्वहरुसँग छलफल,अन्र्तक्रिया र अध्ययन गर्छन ।
अनि आफू आवद्ध रहेको अनेसासको महासचिवको जिम्मेवारी अनुसार केन्द्र देखि च्याप्टर सम्म, वोर्ड अफ ट्रष्टि देखि आजीवन सदस्यहरुसँग समेत कुशलता पूर्वक समन्वय गरिरहेका हुन्छन् ।उनलाई नजिकबाट चिन्नेहरु अनेसासको लागि अनुभवले खारिएका र एक सशक्त श्रष्टाको रूपमा समेत सिटौला रहेका टिप्पणी गर्छन् ।यस अगाडिको कार्यकालमा उनले आफनो कार्यसम्पादनको मूल मन्त्र नै समन्वय,सहकार्य र सहभागितालाई सदैव उच्च प्राथमिकतामा राखे ।
महासचिवको रूपमा उनको कार्यकालमा हरेक हप्का र समूहलाई समन्वय गर्दे अनेसासको दर्जनौ कार्यक्रमहरुको आयोजना गरेर अनुभवले खारिएका छन् । च्याप्टरहरुसँगको सहकार्य र सहभागितामा दर्जनौ कार्यहरु गरेर सामूहिक प्रयासमा उनले आफूलाई प्रस्तुत गरेका थिए ।
उनले च्याप्टरहरुको ऊर्जा र क्षमतालाई समेत विविध कार्यक्रम मार्फत गोलवद्ध गराउने काम गरे ।
सरल र मृदुभाषी सिटौलाले आगामी २०२६ २०२८ कार्यकालको लागि महासचिवको रूपमा अनेसास केन्द्रीय कार्यसमितिको उमेदवारी दिएका छन् ।
केन्द्रीय कार्यसमितिमा वसेर दुई वर्ष महासचिवको जिम्मेवारी कुशलता पूर्वक र जिम्मवारीका साथ वहन गरिसकेका सिटौंला दुई वर्षमा सिकेको र अझै काम गर्ने हुटहुटीको कारणले सोही पदमा उमेदवारी दिएको वताउँछन् । लगनशीलता, विनयी,नम्र स्वभावका सिटौला संगठनको कार्यसम्पादनमा हरेक तह र समूहको भूमिका उत्तिकै हुने कुरामा विश्वास गर्छन् ।
प्रतिक्रिया