देश 

इनेप्लिज २०८० चैत ४ गते १:२४ मा प्रकाशित

विभेदको
कानुन छ
भ्रष्टाचारको दलदलमा
सरकार छ
न्याय र निसाफको
लुगा खोलिएको छ
सरकारी ढुकुटी
चाकरीमा खर्चिएको छ ।

सत्तामा बस्ने
साढे बनेका छन्
प्रतिपक्षमा बस्ने
कायर बनेका छन्
बबुरो जनता
अवाक तमासा हेर्दै छन्
वतर्मान
गणतन्त्रको नमूना बनेको छ ।

देश चकटे र मदारीको
रमिता बनेको छ
देश फासिवादको
उत्सव बनेको छ
अन्ततः समृद्धिको सपना
जनतामा सजिएका छन्
यतिबेला देशलाई
गीद्दसरह सिनो लुछिएको छ ।

राधेश्याम लेकाली

प्रतिक्रिया