बिहीबार, साउन १४ २०७८
काठमाडौं १८:२८
वासिङटन डिसी 08:43

एएनए ट्रस्टीमा डा विद्या रंजित तथा सल्लाहकारहरुमा विभिन्न व्यक्तित्वहरुको मनोनयन

इनेप्लिज २०७७ असोज १ गते २२:५७ मा प्रकाशित

उत्तर अमेरिकाकै नेपाली समुदायको राष्ट्रिय स्तरको गरिमामय सामाजिक संस्था दि एसोसिएसन अफ नेपालिज इन दि अमेरिकाज(एएनए)ले ट्रस्टीमा अमेरिका कनेक्टिकट कि डा विद्या रंजितलाई ट्रस्टी सदस्यमा मनोनयन गरेको छ ।

उहालाई एएनए ट्रस्टीका अध्यक्ष डा अम्बिका अधिकारीको अध्यक्षमा बसेको बैठकले मनोनयन गरेको हो ।

यसै गरि एएनएको कार्यकारी समितिको गत अगस्त ३० मा अध्यक्ष खगेन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकले उत्तर अमेरिकामा विभिन्न सामाजिक संस्थामा आबद्ध तथा समाजसेवीहरुलाई सल्लाहकारहरुमा मनोनयन समेत गरेको छ । साथै उक्त बैठकले कार्यकारी समितिको सदस्यमा समेत मनोनयन गरेको जनाइएको छ ।

सल्लाहकारहरुमा क्यानडाका प्रा डा बासु शर्मा,भर्जिनिया अमेरिकाका नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक )मा आबद्ध ददिराम ढुंगाना तथा मेरिल्याण्डका बानाका अध्यक्ष सुबोध विलास पन्तलाई मनोनयन गरिएको छ ।

यसै गरि कार्यकारी समितिको सदस्यमा भर्जिनियाका समाजसेवी आर के धमलालाई मनोनयन गरिएको छ ।

सबै पदहरु सर्वसम्मतिबाट मनोनयन भएको व्यहोरा एएनएका संचार निर्देशक तथा प्रवक्ता लक्ष्मण प्रधानले प्रकाशित गर्नु भएको छापा बिज्ञप्तिमा जनाइएको छ ।

मनोनयन हुने सबैलाई ईनेप्लिज परिवारको तर्फबाट शुभकामना !

प्रतिक्रिया