के नयाँ र अपग्रेड गरिएका मानवीय मूल्यहरू (values) सहितको नयाँ संसारको परिकल्पना गर्ने समय आएको हो?

रामु विश्वकर्मा (पिएचडी, समाजशास्त्र) २०८२ जेठ १२ गते २:२२ मा प्रकाशित

हामी अहिले यस्तो दुनियाँमा बाँचिरहेका छौँ जहाँ कम्प्युटर Artificial Intelligence (AI) र Robotics जस्ता tools को प्रयोग गर्दै सुपरहिरो बन्दैछन्। अझ त्यसमा पनि भविष्यको technology quantum computing को कुरा त अझै दिमाग हल्लाउने खालको छ । Quantum Computing ले AI र Robotics लाई अर्कै तहमा लैजाने छ । सोच्यो भने यी टेक्नोलोजीले हामी र हाम्रो समाजलाई केहि वर्ष मै कुनै साइ-फाइ मुभी जस्तो अवस्थामा लैजान सक्ने प्रबल सम्भावना छ। यी सबै हुदै गरेका र आउन लागेका परिवर्तनले मलाई एउटा कुरा सोच्न बाध्य बनाएको छ– के अहिलेका मानब मूल्य मान्यताहरु (values and norms) अब आउने high-tech समाजमा फिट हुन सक्छन? के यी मूल्यहरुले भबिष्यको समाजलाई सहि मार्गदर्शन दिन सक्छन? के हामी अब आउने दिनमा नयाँ र अझ राम्रा मूल्य-मान्यताहरू लिएर नयाँ समाज र सभ्यता (civilization) परिकल्पना गर्न सक्छौँ? मेरो बिचारमा अहिलेका हाम्रा मूल्यहरू नयाँ समाजको वास्तविकतासँग मेल खान र नयाँ मार्गदर्शन दिनको लागि अपग्रेड गर्नुपर्ला जस्तो लाग्छ।

नयाँ टेक्नोलोजीले हाम्रो जिन्दगी र समाजको तौर तरिकामा धेरै परिबर्तन ल्याउने पक्का छ। मेसिनहरू यति स्मार्ट हुँदैछन् कि तिनले रोग पत्ता लगाउने, औषधि बनाउने, वा यहाँ सम्म कि कतिपय natural disaster को भविष्यवाणी गर्ने जस्ता कुराहरु सफलतापुर्बक गर्न थालिसकेका छन्। तर यदि हामीले मेसिनहरुलाई नयाँ मूल्यहरूद्वारा डोर्‍याएनौँ भने, कुरा बिग्रन सक्छ। जस्तै, artificial intelligence द्वारा संचालित मेसिनले गलत तथा biased सूचना दिने, गलत निर्णय गरेर कसैलाई अप्ठ्यारोमा पर्ने, हानी नोक्सानी गर्ने जस्ता कार्यहरु गर्न पनि सक्छन । अथवा यस्ता मेसिनलाई गलत तरिकाले तालिम गराएर असामाजिक काम गराइन पनि सकिन्छ । तेस्तै, यस किसिमका powerful machine को पर्योग गरि केहि टाठा-बाठा मान्छेहरु मात्र धेरै अगाडी बढ्ने अनि बाकी मान्छेहरु पछाडी नै पर्ने पनि हुन सक्छ। हाम्रो पुरानो मूल्यहरु जस्तो कि “समान र राम्रो व्यवहार गर” भन्ने ठिक त छ, तर यसले नया civilization लाई पूर्ण तरिकाले गाइड गर्न सक्दैन । जस्तो, यदि कम्प्युटरले गलत सूचना दियो वा गलत निर्णय गर्‍यो भने को जिम्मेवार हुन्छ? तेसैगरी टेक्नोलोजीको फाइदा सबैले पाऊन् भन्ने कसरी सुनिश्चित गर्ने?
अनि फेरी विश्वासको पनि कुरा छ। पहिले हामीले ठूला कार्य तथा निर्णयहरू– जस्तै जागिरको अन्तर्वार्ता गराउने; हामीलाई सुरक्षा दिने– मानिसमाहरूमाथि छोड्थ्यौँ। अब ती काम बिस्तारै कम्प्युटरलाई दिइदै छ। मेसिनलाई दिइएको तालिम तथा यसको नयाँ कुरा सिक्ने (self-learning) तरिका मानब मूल्यसंग align गर्न सकिएन भने हामीलाई धेरै हानी नोक्सानी मात्र होइन, समाजप्रति मानब समुदायको बिस्वास पूर्ण रुपमा हट्न पनि सक्छ ।

टेक्नोलोजी अत्यन्त तीव्र गतिमा अगाडि बढ्दैछ । हाम्रा पुराना मूल्य, मान्यता र नियमहरू त्यसलाई पछ्याउन सकिरहेका छैनन्। पहिलेका मेसिन तथा technlogy हरु जस्तै गाडी वा बिजुली बुझ्न वा बनाउन मानिसलाई वर्षौँ लाग्थ्यो। अब महिनौँमै नयाँ कुरा बन्छन वा बदलिन्छन। यसकारण पनि हामीलाई यस्ता मूल्यहरू चाहिन्छ जसले यो गतिसँग तालमेल राख्न सकोस । यदि हामी पुरानै मूल्यहरूमा अडिग रह्यौँ भने, हामीले टेक्नोलोजीको पुरा फाइदा लिने र त्यो फाइदा सबैजनासंग बाड्ने अवसरको मौका गुमाउन सक्छौँ।

उदाहरण को लागि, सबैलाई समान र राम्रो व्यवहार गर भन्ने हाम्रो पुरानो मूल्य रहेको छ, तर अब मेसिन वा computer लाई पनि पूर्ण रुपमा unbiased बनाउ भन्ने मूल्य को स्थापना गर्नु पर्ने भएको छ । तेसैगरी, हामि कडा परिश्रम गर्नु पर्छ भन्ने पुरानो मूल्यमा बिश्वास गर्दै आइरहेको छौ, तर अब परिश्रमलाई कडा भन्दा पनि छिटो र छरितो (efficient) बनाउ भन्ने मूल्यमा जोड दिनु जरुरि छ। प्रजातन्त्र र स्वशाशन जस्ता मूल्य हरु ठिकै छन्, तर यी मुल्यहरु अब मानब र मशिन को आत्मनिर्भर समाजमा लागु गर्नका लागि परिमार्जन गर्नु पर्ने देखिन्छ।

हामी अब हाम्रा मूल्य मान्यता लाइ upgrade गर्ने पहल मा लाग्नै पर्छ जस्तो लाग्छ मलाई। हामी आफैबाट, हाम्रा घर छिमेकीहरुबाट , शिक्षक र साथीहरुबाट यस सम्बन्धि छलफल गर्न पर्ने बेला आइसकेको छ। हाम्रा पुराना मूल्यहरूलाइ राम्रोसंग मनन गरौ, र तिनलाई अबको नयाँ technology-driven civilization लाई guide गराउने बनाउनको लागि अपग्रेड गर्न पहल गरौ।

यो लेख मेरो मे १७, २०२५ मा Medium मा प्रकाशीत् अंग्रेजी article“Is It Time to Imagine a New World with Newer, Upgraded Human Values? को नेपाली संस्करण हो । यस्तै किसिमका मेरा अरु लेख र विचारहरु सुन्न मेरो Thinkasium YouTube Channel सुन्नु होला ।

प्रतिक्रिया