अमेरिका नेपाल सहयोगी समाजको सन् २०२५-२७ को कार्यसमितिले पूर्णता पायो

इनेप्लिज २०८२ जेठ ७ गते २२:३५ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरमा क्रियाशील नेपालीहरुको सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज (ANHS) को सन् २०२५-२०२७ को कार्यसमितिको पहिलो बैठक संस्थाका वर्तमान नव निर्वाचित अध्यक्ष कामना पन्थीको अध्यक्षता र महासचिव विष्णु न्यौपानेको संचालनमा २०२५ को में १८ तारिकमा ज़ूम मार्फत सम्पन्न भयो । उक्त पहिलो बैठकले थप २ जना कार्यसमिति सदस्यहरूलाई मनोनित गरी १५ सदस्यीय कार्य समितिलाई पूर्णता दिदै बिभिन्न शिर्षकमा १३ वटा एजेन्डाहरू पनि सर्वसम्मतिले पारित गरेको छ । जस अनुसार अमेरिका नेपाल शिक्षा सदनको संयोजकमा संस्थाका वर्तमान उपाध्यक्ष तनुजा पोखरेल रहने गरि १० जनाको विधालय व्यवस्थापन समिति, संस्थाका पूर्व सदस्य शिव तिमिल्सिनाको संयोजकत्वमा ५ सदस्यीय प्राविधिक समिति र मेडिया संयोजकको रूपमा संस्थाका सचिव काशी खड्का रहने गरि ज़िम्मेवारी बाडफाड गरिएको छ । त्यसै गरि उक्त बैठकले आगामी २९ जून २०२५ मा हून गईरहेको अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रमका लागि संस्थाका बरिष्ठ उपाध्यक्ष प्रकाश सूवेदीको संयोजकत्वमा वनभोज कमिटी गठन गरेको छ ।
संस्थाका सम्पूर्ण पूर्व अध्यक्षहरू लगायत सामाजिक क्षेत्रमा कृयाशील विशिष्ट व्यक्तित्वहरूलाई समेटेर सल्लाहकार समिति समेत चयन गरिएको छ ।

बैठकमा अमेरिका नेपाल सहयोगी समाज बोर्ड अफ ट्रष्टीका अध्यक्ष केदारप्रसाद तिम्सिना, संस्थापक अध्यक्ष सागर कँडेल, पूर्व अध्यक्षहरू कमला खरेल, कमल भट्टराई, निवर्तमान अध्यक्ष जानूकी ओझा ,वीत्त प्रमुख (सीएफओ) तिलक खरेल ,संस्थाका सल्लाहकारहरू शिव लामिछाने ,हरिराम भण्डारी, मूक्त पौड्याल आदिको पनि सहभागिता रहेको थियो ।

अमेरिका नेपाल सहयोगी समाजको २०२५-२०२७को पूर्ण कार्यसमिति यस प्रकार रहेको छ ।

१. अध्यक्ष : श्री कामना पन्थी अधिकारी
२. वरिष्ठ उपाध्यक्ष : श्री प्रकाश सुबेदी
३. उपाध्यक्ष : श्री तनुजा पोखरेल
४. महासचिव : श्री विष्णु न्यौपाने
५. सचिव : श्री काशी खड्का
६. कोषाध्यक्ष : श्री ध्रुव प्रसाद बराल
७. कार्यकारी सदस्य : श्री राजु कार्की
८. कार्यकारी सदस्य : श्री अनु पाण्डे
९. कार्यकारी सदस्य : श्री प्रतिभा भण्डारी अधिकारी
१०. कार्यकारी सदस्य : श्री मधुराम केसी
११. कार्यकारी सदस्य : श्री राधिका रिजाल कँडेल
१२. कार्यकारी सदस्य :श्री सृजना पुडासैनी
१३. कार्यकारी सदस्य : श्री शिव सुबेदी
१४. कार्यकारी सदस्य : श्री दीपक पौडेल (मनोनीत)
१५. कार्यकारी सदस्य: श्री सन्तोष श्रेष्ठ (मनोनीत)

प्रतिक्रिया