अमेरिकी विदेश बिभागले इतिहासकै सबैभन्दा ठूलो पुनःसंरचना योजना सार्वजनिक गरेको छ, जसअन्तर्गत ३०० भन्दा बढी कार्यालय र विभागहरू हटाइने वा एकआपसमा गाभिनेछन्।
विभागका वरिष्ठ अधिकारीहरूका अनुसार यो योजना सरकारी प्रक्रिया छोट्याउने, अनावश्यक प्रशासनिक बोझ घटाउने र अमेरिका प्रतिनिधित्व गर्ने कूटनीतिक कार्यलाई प्रभावकारी बनाउन ल्याइएको हो।
विदेशसचिव मार्को रुबियोले अप्रिलमा बिभागलाई “अत्यधिक प्रशासनिक र प्रभावहीन” भन्दै पुनःसंरचना गर्ने योजना घोषणा गरेका थिए। बिहीवार कंग्रेसमा पेश गरिएको सूचनामा यो शीतयुद्धपछिको सबैभन्दा ठूलो संरचनात्मक परिवर्तन हुने उल्लेख छ।
“हामीसँग धेरैजसो अनावश्यक कार्यालयहरू छन्,” एक वरिष्ठ अधिकारीले फक्सन्यूजसँग स्पष्ट रूपमा भने। “हामी नयाँ कार्यालय बनाउने होइन, घटाउनेतर्फ लागिरहेका छौं।”
यस योजना अन्तर्गत बिभागलाई संकट र खतरामा छिटो प्रतिक्रिया दिन सक्ने बनाउने, वाशिंगटनस्थित थुप्रिएका निकाय हटाउने र विदेशस्थित कूटनीतिक कार्यलाई प्राथमिकता दिने लक्ष्य छ।
यो कदमलाई प्रशासनिक खर्च घटाउने, विदेश नीति कार्यान्वयनलाई तीव्र र केन्द्रित बनाउने दिशामा महत्त्वपूर्ण परिवर्तनको रूपमा हेरिएको छ।
प्रतिक्रिया