ट्रम्पको आपतकालीन अधिकार प्रयोग गरी लगाइएका शुल्कमा दोस्रो झट्का: संघीय अदालतद्वारा रोक 

इनेप्लिज २०८२ जेठ १६ गते १८:४० मा प्रकाशित

ट्रम्प प्रशासनले आपतकालीन अधिकार प्रयोग गरी लगाउन खोजेका शुल्कहरुमा फेरि अर्को संघीय अदालतले अवरोध लगाएको छ।

अमेरिकी जिल्ला न्यायाधिश रुडोल्फ कन्त्रेरासले दुई इलिनोइस-आधारित शैक्षिक खेलौना प्रतिष्ठान(कम्पनी)हरुद्वारा दायर गरिएको मुद्दामा प्रारम्भिक निषेधाज्ञा जारी गरेका हुन्।

यी प्रतिष्ठानहरुले अदालतमा यी शुल्कहरु लागू भएमा उनीहरूलाई मूल्यमा ७०% सम्म वृद्धि गर्न बाध्य बनाइनेछ, जुन “जीवित रहनका लागि आवश्यक” कदम हुनेछ।

यो निषेधाज्ञा हाललाई केवल ती दुई कम्पनीहरूमा मात्र लागू हुनेछ। राष्ट्रपति बाराक ओबामाद्वारा नियुक्त न्यायाधीश कन्त्रेरासले आदेशको कार्यान्वयन दुई हप्ता स्थगित गरेका छन्।

यो आदेश अमेरिकी अन्तरराष्ट्रिय व्यापार अदालतको तीन-न्यायाधीशीय समूबबाट आएको अर्को व्यापक निर्णयको भोलिपल्ट आएको हो, जसले पनि ट्रम्प प्रशासनको शुल्क रणनीतिमाथि प्रश्न उठाएको थियो।

हालसम्म आयात शुल्क सम्बन्धी कम्तीमा सातवटा कानुनी मुद्दा दायर भइसकेका छन्।

यो निर्णयले ट्रम्प प्रशासनको व्यापार रणनीतिलाई कानुनी चुनौती दिँदै, व्यापारिक क्षेत्रलाई राहत दिने संकेत दिएको छ। 

साथै आयात शुल्कको  असरले साना व्यवसायहरू कति संकटमा छन् भन्ने कुरा पनि उजागर भएको छ।

प्रतिक्रिया