कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले १८औं गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना दिनुभएको छ ।
शुभकामना सन्देशमा भन्नुभएको छ –“आजको दिन नेपाल र नेपालीका लागि ऐतिहासिक र गौरवमय दिन हो । १८ वर्ष अघि आजकै दिन हामीले नागरिक सर्वोच्चता तथा सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्र नेपालको जग बसाएका थियौं ।”
त्यसैगरी यस ऐतिहासिक दिनको गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्नुहुने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ र घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको र समुन्नत भविष्यका लागि एकतावद्ध भएर अगाडि जाने अवसर दिएको प्रदेश प्रमुखज्यूले बताउनुभएको छ । राष्ट्रनिर्माणको संकल्प र अभिभारालाई पूरा गर्न गणतन्त्र दिवसले प्रतिवद्ध र जिम्मेवार बनाउने पनि प्रदेश प्रमुखज्यूले विश्वास लिनु भएको छ ।
प्रतिक्रिया