फ्लोरिडामा खोप नलगाएका ३ जना महिला शिक्षकहरुको २४ घण्टा भित्र कोभिड-१९ बाट मृत्यु
इनेप्लिज
२०७८ साउन ३० गते १:२९ मा प्रकाशित
अमेरिकाको फ्लोरिडा राज्यमा खोप नलगाएका ३ जना महिला शिक्षकहरुको २४ घण्टा भित्र कोभिड-१९ बाट मृत्यु भएको छ । फ्लोरिडाको ब्रोवार्ड काउन्टीमा कोभिडको जटिलताको कारण उनीहरुको मृत्यु भएको सिएनएनले समाचार लेखेको छ ।
उनीहरुको बिद्यालय सुरु हुनु अगाडी ३ जनाको एक दिन भित्र निधन भएको स्थानीय शैक्षिक अधिकारीहरुले जानकारी दिएका छन् । ३ जना मध्ये दुई जना शिक्षक र १ जना सहायक शिक्षक रहेका थिए । ब्रोवार्ड शिक्षक संघका अध्यक्ष एना फुस्कोका अनुसार तीनै जनाले खोप नलगाएको उनले बताइन ।
कोरोनाबाट मृत्यु हुने ती ३ जना मध्ये ४८ बर्षिय जेनिस राइट ,४९ बर्षिय योलान्दा हुड्सन तथा ४९ बर्षिय क्याटीना जोन्स नाम गरेका शिक्षकहरु रहेका थिए । ब्रोवार्ड शिक्षक संघले वक्तव्यमा उनीहरुको निधनमा दुख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया