इलाम जिल्लाको पुरानो वि.स. २००६ सालमा स्थापित नामसालिङ्गमाध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक ओमनाथ अधिकारीबाटसोहि विद्यालयमा स्थापित दश लाख धनरासीको गङ्गाराम घिमिरेअक्षयकोषको बारेमा रचित यो कविता जसले विद्यालय परिवारलाईहौसलित बनाएको छ।
कविताको लागि धन्यवाद सहायक प्रधानाध्यापकज्यू!!
पिताश्री राम प्रसाद यिनी शिक्षाका प्रेरक
असल पुत्र मोहन ज्ञानी मानव सेवक!!
पैतीस साल साउन मैना त्यो तीन गतेमा
वज्र नै पऱ्यो दैवको लीला विपद दिनमा!!
मायाकी खानी ती गङ्गादेवी जानुभो स्वर्गमा
असह्य पीडा सहेर सबै पर्नुभो शोकमा!!
मातृ त्यो चोट कोमल दिल हृदय वेदना
श्रद्धाका शब्द चढाऔं हामी ती गङ्गा आमामा!!
आमाको वियोग सहेर पनि कानून पढ्नु भो
न्यायका लागि डटेर सत्य बाटामा हिँड्नु भो!!
अनेक यत्न अथक यात्रा विदेशी भूमिमा
अमेरिकामा छ तन दाजुको मन जन्मभूमिमा!!
खडा गरेर गङ्गाराम वृत्ति नामावि स्कूलमा
अति नै ठूलो कीर्तिको ज्योति बाल्नुभो यो ठाउँमा!!
आफूले क ख चिनेको स्कूल प्रगति शिखर
रामप्रसाद बुवा संरक्षक बन्ने सुवर्ण अवसर!!
दयाकी खानी पवित्र दिल ती विष्णु मायाको
अक्षय कोष राख्ने छ इच्छा यी दुवै जनाको!!
लाखमा दशभन्दा नि ठूलो त्यो मूल धन त
ब्याजले दियो रकम ठूलो एक लाख अब त!!
त्यै ब्याज रकम बनेर आयो अमर कोषको
नाममा लिए भएर खुशी गङ्गाराम वृत्तिको!!
मेघावी छात्र पुरस्कृत भए त्यो ठूलो रकम
पढाइ राम्रो बनाऔं साथी भनेर मनमा!!
हाजिरी पनि दिनहुँ बढ्यो गयल भएनन्
सिर्जना कला फक्रन गयो गायन नृत्यमा!!
प्रतिभा धेरै फक्रिन खोजे पढेर रमेर
अबको पालो म जित्न सक्छु पुरस्कार भनेर!!
पुकारा तिमी श्रवण गर शारदा देवीको
जीवन दीर्घ मिलोस् छ विन्ती रामप्रसाद बुवाको!!
दिन र रात उन्नति हओस् उदार अक्षय दाताको
आत्माको शान्ति स्वर्गको प्राप्ति ती गङ्गा माताको!!
रचयिता : ओमनाथ अधिकारी नेपाली शिक्षक
श्री नामसालिङ मा वि सदस्य
: श्री गङ्गाराम वृत्ति अक्षयकोष
प्रतिक्रिया