काठमाडौँ । मलेसियामा आयोजित अन्तराष्ट्रिय प्रतियोगीता ‘वल्र्ड जुनियर टुरिजम एम्बेसडर २०२५’मा नेपालका दुई बालकले एक शिर्ष सहित बिभिन्न उपाधि जित्न सफल भएका छन् । प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी अदृत कुँवरले ‘प्रिन्च जुनियर टुरिजम एम्बेसडर २०२५’को शिर्ष उपाधि जित्दा सोही प्रतियोगीतामा सहभागी अर्का बालक निर्भय श्रेष्ठले फष्ट रनरअपको उपाधि हासिल गरे ।
प्रतियोगीतामा शिर्ष उपाधि जितेको कुँवरले ‘बेष्ट क्याटवाक अवार्ड’ र ‘बेष्ट इन स्पीच अवार्ड’समेत हात पार्दा श्रेष्ठले ‘बेष्ट टुरिजम भिडियो अवार्ड’ जित्न सफल रहे ।
क्वालालम्पुरमा जुन २३ देखि २७ सम्म आयोजना हुने कार्यक्रमका लागि श्रेष्ठ र कुँवरलाई रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले प्रतियोगीतामा सहभागी गराएको हो ।
‘वल्र्ड जुनियर टुरिजम एम्बेसडर’ विश्वका विभिन्न देशका बालबालिका सहभागी हुने अन्तर्राष्ट्रिय प्रतियोगिता हो । दुवैले प्रतियोगितामा नेपाली कला–संस्कृतिको प्रचारप्रसार गर्दै नेपालको पर्यटन प्रवद्र्धन समेत गरेका छन् ।
प्रतियोगितामा विशेषतः कुँवरले नेपाली ‘लाखे’ र श्रेष्ठले नेपाली मौलिक बाजा ‘मादल’को प्रचार गरेका थिए ।
दुवैले प्रतियोगिताका लागि नेपालका सम्पदा, कला–संस्कृति र एडभेन्चर पर्यटनको प्रवद्र्धन गर्ने भिडियो सामग्रीसमेत तयार पारेका थिए । जसले अन्तर्राष्ट्रिय प्रतियोगीहरूलाई नेपालप्रति आकर्षित गरेको बताइन्छ ।
प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी थिए । दुवै बालक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको ‘मिलेनियम किड्स इन्टरनेसनल २०२५’का विजेता हुन् । प्रतियोगितामा सहभागी कुँवर र श्रेष्ठको फेसन कन्सेप्ट डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन् ।
प्रतिक्रिया