विश्व कै धनाढ्य , टेस्ला र स्पेसएक्सका प्रमुख तथा एक्स(X )का मालिक इलनमस्कले अमेरिकी राजनीतिक प्रणालीप्रति गम्भीर असन्तुष्टि जनाउँदै शनिबार नयाँ राजनीतिक दल अमेरिका पार्टी(दल)गठनको घोषणा गरेका छन्।
फक्सन्यूजका अनुसार उनले यो दल “भ्रष्ट राजनीतिक प्रणाली” विरुद्धको प्रत्यक्ष प्रतिक्रिया भएको बताएका छन् । अब अमेरिकी जनताको प्रतिनिधित्व गर्दैन भन्ने मस्कको धारणा छ।
मस्कको घोषणाअघि जुलाई ४ मा एक्समा गरिएको एउटा व्यापक(भाइरल )मतदानमा उनले प्रयोगकर्ताहरूलाई सोधे, “के तपाईंहरू दुईदलीय (वा ‘युनिपार्टी’) प्रणालीबाट स्वतन्त्रता चाहनुहुन्छ?” १२ लाखभन्दा बढी मत खसेको उक्त मतदानपोल) मा ६५.४%उत्तरदाताले “हो ” भन्ने उत्तर दिएका थिए।
गत शनिबार मस्कले लेखे, “२:१ को अनुपातमा तपाईंहरूले नयाँ दललाई चाहनुभयो । तपाईंहरूले त्यो पाउनुहुनेछ। हाम्रो देशलाई फजुल खर्च र भ्रष्टाचारले टाट पल्टाउने मामिलामा हामी वास्तवमा एकदलीय प्रणालीमा बाँचिरहेका छौँ, लोकतन्त्रमा होइन। आज, ‘America Party’ अमेरिका पार्टी(दल)तपाईंको स्वतन्त्रता फर्काउन स्थापना गरिएको हो।”
यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ३.३ ट्रिलियन डलरको विशाल, सुन्दर बिधेयकमा हस्ताक्षर गरेपछि आएको हो।
ट्रम्पको उक्त विधेयकमा कर कटौती, पूर्वाधार खर्च, र आर्थिक प्रोत्साहनका प्रावधानहरू छन्, जुन कतिपय रूढिवादी र उदारवादीहरुबाट आलोचित भएका छन्।
मस्कले सिधै उक्त विशाल, सुन्दर विधेयकको आलोचना नगरे पनि, उक्त समय र सन्देशको समायोजनले राष्ट्रपति ट्रम्प र मस्कबीचको बढ्दो असहमति झल्काउँछ।
प्रतिक्रिया