ईरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी इजरायल र ईरानबीच सुरु भएको १२ दिने युद्धपछिको पहिलो पटक शनिबार सार्वजनिक रूपमा उपस्थिति जनाएका छन्।
उनी मुसलमानहरुको लागि अत्यन्तै पवित्र मानिने अशूराको पूर्वसन्ध्यामा आयोजित शोक समारोहमा सहभागी भएका हुन्।
युद्धको दौरानमा खामेनी लामो समयसम्म नदेखिनुले उनले राजधानी तेहरानस्थित सुरु सुरक्षित भूमिगत आश्रयस्थल (बंकर)मा सुरक्षित बसोबास गरेको अनुमान गरिएको थियो, यद्यपि राज्य सञ्चालित सॅचारमाध्यमले यसबारे कुनै पुष्टि गरेको थिएन।
ईरानी सरकारी दूरदर्शन(टेलिभिजन)ले उनी तेहरानस्थित आफ्नै कार्यालय नजिकको मस्जिदमा प्रवेश गर्दा भिडले उठेर स्वागत गरेको दृश्य देखाएको छ।
सार्वजनिक रूपमा उनले केही बोलेको भने तत्काल विवरण गरिएको छैन। कार्यक्रममा संसदका सभामुखलगायत उच्च अधिकारीहरू उपस्थित थिए। एपीका अनुसार यस्ता कार्यक्रममा अत्यन्तै सुरक्षा व्यवस्था हुने गरेको छ।
ईरानको तीनवटा प्रमुख आणविक स्थलमा अमेरिकी बम आक्रमणपछि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ८६ वर्षीय खामेनीलाई सामाजिक सञ्जालमार्फत चेतावनी दिएका थिए।
ट्रम्पले लेखेका थिए, “हामीलाई थाहा छ उनि कहाँ छन् , तर अहिलेको लागि उनलाई कुनै मार्ने योजना छैन।”
प्रतिक्रिया