श्री ५ युवराज्ञी हिमानी शाह परिवारले जनताहरुले राजसंस्था ल्याई देलान भनेर भर नपरे हुन्छ । आफूमा साहस, आँट र दम छ भने लागि पर्नुस ।
श्री ५ युवराज्ञी हिमानी शाह परिवारलाई मेरो संदेश नेपालमा मैले जनताहरु देखेको छैन । नेपालमा सिमित र न्युन संख्यामा जनताहरु मात्र छन । सिमित जनताहरुको संख्याबाट राजसंस्था आउँदैन । श्री ५ युवराज्ञी हिमानी शाह परिवारले थाहा पाउनुपर्ने कुराहरू:
(१) राजा ज्ञानेन्द्र शाह भन्नु हुन्छ जनताले चाहे भने म आउँछु । म राकेश कुमार शर्माको भनाई राजा ज्ञानेन्द्र शाहले जनताले चाहे म आउँछु भन्नू दिवा सपना हो । राजा ज्ञानेन्द्र शाहले बुझ्नुपर्ने कुरा प्रायःजसो नेपाली जनताले १०० वर्षमा पनि राजा ज्ञानेन्द्र शाहलाई कदापि सत्तामा ल्याउन चाहँदैनन ।
(२) प्रायःजसो नेपाली जनताको बुझाई राजदरबार हत्याकाण्ड नै राजा ज्ञानेन्द्र शाहले गराएको हो मन मस्तिष्कमा छ ।
(३) राजा ज्ञानेन्द्र शाह परिवारलाई अन्तर्राष्ट्रिय शक्तिहरु र अन्तर्राष्ट्रिय मुलुकहरु चीन, अमेरिका र भारतले ल्याए भने मात्र सत्तामा आउन संभव छ । अर्थात अन्तर्राष्ट्रिय शक्तिहरु र अन्तर्राष्ट्रिय मुलुकहरु चीन, अमेरिका र भारतले चाहे भने मात्र मुलुकमा राजसंस्था आउन संभव छ ।
(४) प्रायःजसो नेपाली जनताहरु राजनीतिक पार्टी र दलगत नेताहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, शेर बहादुर देउवा, बाबुराम भट्टराई, माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका झोलेहरु छन ।
(५) राजावादीहरुको एक आपसमा फुट छ । राजावादीहरु एक आपसमा कसैको कसैसंग मेल खाँदैन । कोही राजावादीहरु मैं हुँ भन्ने पाराको अत्याधिक घमण्ड छ । केही राजावादीहरु ताक परे तिवारी नत्र गोतामे स्वार्थी, अवसरवादी र देखावटी रूपमा मात्र राजावादी देखिएका छन ।
(६) हाम्रो मुलुकमा विगतका दिनमा अन्तर्राष्ट्रिय मुलुक भारत र अमेरिकाले जे चाहेको छ त्यही भएको छ ।
(७) वर्तमान समयमा मेरो गोरुको बाह्रै टक्का नभनी नरमगरम अन्तर्राष्ट्रिय मुलुकहरु भारत, अमेरिका, चीन र रूसको चाहना, अनुकुल र समय सापेक्ष बमोजिम श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह, श्री ५ युवराजधिराज पारस शाह, श्री ५ युवराज्ञी हिमानी शाह र श्री ५ नवयुवराज हृदयेन्द्र शाह चल्न सक्नुपर्छ । नेपालमा राजनीतिक पार्टी र दलका कार्यकर्ताहरु मात्र छन । नेपालमा जनताहरु कहाँ छन ? नेपालमा वास्तविक जनताहरुको संख्या सिमित र न्यून छ । सिमित र न्यून जनताहरुको संख्याबाट नेपालमा राजसंस्था आउँदैन ।
(८) प्रायःजसो नेपालका जनताहरुलाई राष्ट्रियता संग सरोकार नै छैन । नेपालको हकमा नेपाली जनताहरु स्वार्थी र अवसरवादी छन । स्वार्थी र अवसरवादी जमात र हुलको सामुन्ने श्री ५ युवराज्ञी हिमानी शाह परिवारले राष्ट्रियता हेरेर मात्र हुँदैन ।
(९) श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह, श्री ५ युवराजधिराज पारस शाह, श्री ५ युवराज्ञी हिमानी शाह र श्री ५ नवयुवराज हृदयेन्द्र शाह समयको चाहना र माग बमोजिम चल्न सक्नुपर्छ । शासकले जनताले चाहे भने म आउँछु भन्ने कुरा बोल्नु हुँदैन । सर्वप्रथम सत्ता कब्जा गर्ने शासकमा पृथ्वीनारायण शाह, जंग बहादुर राणा र वीर बलबहादुर कुँवर आदि इत्यादि जस्तै शासकमा आँट, साहस र दम हुनुपर्छ ।
स्वतन्त्र नेपाली नागरिकःराकेश कुमार शर्मा । जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया