टेनिस खेलकुदको बिश्व प्रसिद्ध फ्रेन्च ओपनको अन्तिम खेलमा आइतबार दुई उत्कृष्ट टेनिस खेलाडी कार्लोस आल्काराज र जनिक सिनर बीच ऐतिहासिक संघर्षमा परिणत भयो।
दुई खेलखण्ड (सेट)पछि परेका स्पनेली खेलाडी आल्काराजले चमत्कारिक पुनरागमन गर्दै रोमाञ्चक पाँच खेलखण्ड(सेट)मा ४-६ ,६-७ ,६-४ ,७-६ (३) र ७-६ (२ )मा जित निकाल्दै इतिहास रचेका छन् ।
सिनरले खेलको सुरुवातमा तगडा पकड जमाए। उनले पहिलो खेलमा ६-४ र दोस्रो खेलखण्ड (सेट) ७-६ ले जिते । तर आल्काराजले तेस्रो खेलमा ६-४ मा जितेर आफूमा आत्मबल ल्याए । चौथो सेटमा सिनर ५-३ ले अघि थिए, तर आल्काराजले कठिन क्षणमा मानसिक शक्ति देखाउँदै उनलाई हराए ।
पाँचौं खेलमा पनि दुवै खेलाडीबीच कडा प्रतिस्पर्धा भयो। सिनरले ६-५ सम्मको अग्रता लिएका थिए, तर आल्काराजले पुनः टाईब्रेकरमा खेल पुर्याए। अन्ततः, उनले निर्णायक टाईब्रेकर(निर्णायक साना अंकको खेल)मा १०-२ ले जित्दै दोस्रो पटक फ्रेन्च ओपनको उपाधि हात पारे ।
यो आल्काराजको खेल जीवनमा पहिलो पटक हारेको दुई खेल पछि पुन : फर्केर जितेको खेल हो। साथै, उनले सिनरमाथि लगातार पाँचौं जित दर्ता गरे।
सिनरले युएस ओपन र अष्ट्रेलियन ओपन दुवै टेनिसको खुला प्रतियोगिता जितेपछि तेस्रो बृहत प्रतियोगिता (ग्राण्ड स्ल्याम) जित्ने प्रयासमा थिए, जुन यसपटक अधुरै रह्यो। पाँच घण्टाभन्दा लामो यो अन्तिम निर्णायक टेनिस खेल कै इतिहासकै एक अविस्मरणीय क्षण बन्यो।
प्रतिक्रिया