लाल सागरमा हुथी आक्रमण : यमनको तटमा सशस्त्र समूहद्वारा जहाजमाथि भीषण हमला

इनेप्लिज २०८२ असार २२ गते १४:४५ मा प्रकाशित

यमनको होदेइदा तटबाट करिब १०० किलोमिटर दक्षिणपश्चिममा रहेको लाल सागर (रेड सी )क्षेत्रमा आइतबार एक व्यापारी जहाजमाथि भीषण हमला भएको छ। 

बेलायती सेनाको निगरानीमा रहेको युकेएमटिओका अनुसार, सशस्त्र समूहले बन्दुक तथा अन्य हतियाहरु प्रहार गरेका थिए।

जहाजमा तैनाथ सुरक्षा टोलीले आक्रमणको जवाफमा गोली चलाएको बताइएको छ। घटनास्थल होदेइदा क्षेत्र हो जुन यमनका हुथी विद्रोहीको कब्जामा छ। यद्यपि हालसम्म कसैले आक्रमणको जिम्मा लिएको छैन।

यस घटनाले इजरायल–हमास युद्ध, इरान–इजरायल सशस्त्र द्वन्द र अमेरिकी वायु आक्रमणपछिको मध्यपूर्वमा जारी तनावलाई झनै चर्काएको छ।

सुरक्षा कम्पनी एम्ब्रेले आठवटा साना डुंगाबाट जहाजमाथि हमला भएको र आक्रमण अझै जारी रहेको चेतावनी दिएको छ।

अमेरिकी नौसेनाको मध्यपूर्वमा रहेको अमेरिकी नौसेनाको पाँचौँ जहाज समूहले प्रतिक्रिया दिन केन्द्रिय कमान्डलाई आग्रह गरेके तर अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया नआएको एपीले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया