टेक्सस राज्यको केर काउन्टीमा भीषण विपत्तिमा परि कम्तीमा ५९ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
मृतकमध्ये २१ जना बालबालिका रहेको काउन्टीका शेरिफ ल्यारी लाथीले जानकारी दिएका छन्।
शेरिफका अनुसार रातभरि मृतकको संख्या तीव्र रूपमा बढेको छ, तर शिविर मिस्टिकमा हराइरहेका बालबालिकाको संख्या घटेको छ।
यद्यपि, अझै ११ जना बालबालिका हराइरहेका छन्। साथै, एक शिविर परामर्शदाता पनि अझै बेपत्ता रहेको शेरिफ लिथाले बताए।
हालसम्म उद्धार गरिएका ३८ जना वयस्कहरूमध्ये १८ जनाको पहिचान गर्न बाँकी रहेको छ।
त्यसैगरी ४ जना बालबालिकाको पनि पहिचान हुन बाँकी रहेके उनले बताए ।सुरक्षा तथा उद्दार प्रयासहरू तीव्र पारिएकोजनाइएको छ।
प्रतिक्रिया