इजरेल र इरानबीचको युद्धका कतार लगायत समग्र मध्यपूर्व क्षेत्रको अवस्था संवेदनशील बनेको छ । यस सन्दर्भमा त्यहाँ रहेका नेपालीहरूलाई निम्न सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौँ ।
✅सुरक्षित स्थानमा रहनुहोस् – भिडभाड भएका सार्वजनिक स्थलहरूमा जानबाट यथासम्भव टाढा रहनुहोस्।
✅सम्पर्कमा रहनुहोस् – आफ्नो परिवार, साथी तथा नियोग (NRNA, नेपाली दूतावास, स्थानीय संस्थाहरू) सँग निरन्तर सम्पर्कमा रहनुहोस्।
✅स्थानीय सुरक्षा निर्देशन पालना गर्नुहोस् – सरकारले जारी गर्ने सूचना, निषेधाज्ञा, वा सुरक्षासम्बन्धी आदेशलाई प्राथमिकताका साथ पालना गर्नुहोस्।
✅आपतकालीन तयारी राख्नुहोस् – राहदानी, परिचयपत्र, मोबाइल चार्जर, आवश्यक औषधि, खानेकुरा र पानीजस्ता सामग्री सधैं साथमा राख्नुहोस्।
✅दूतावास तथा NRNA एनसीसीको सम्पर्क रहनुहोस् – कुनै पनि आकस्मिक वा विषम परिस्थितिमा तुरुन्तै गैरआवासीय नेपाली संघ (NRNA) को एनसीसी वा नेपाली दूतावासमा सम्पर्क गर्नुहोस्।
✅गैरआवासीय नेपाली संघ (NRNA) को हटलाइन सेवामा सम्पर्क गर्नुहोस्।
गैरआवासीय नेपाली संघले सम्पूर्ण नेपाली समुदायको सुरक्षा, सहजीकरण र मनोबल उच्च राख्ने प्रयास गर्दै आएको छ । यस कठिन परिस्थितिमा हामी निरन्तर सम्पर्कमा रहने प्रतिबद्धता जनाउँदै आपतकालीन अवस्थाहरूमा आवश्यक सहयोगका लागि सिधा सम्पर्क गर्न परेमा २४ सै घण्टा उपलब्ध रहने निम्न टेलिफोन नम्बरहरूमा सम्पर्क गर्न समेत आग्रह गर्दछौँ ।
📞 ९८०१८६११२३
📞 ९८०१८६११०६
📞 ९८०१८६११००
यसका साथै, त्यहाँ उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावहरुलाई अत्यन्त गम्भीरताका साथ लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर नेपालीहरुको सुरक्षा र आवश्यकताका आधारमा स्वदेश फिर्तीका सम्बन्धमा ध्यान केन्द्रित गर्न नेपाल सरकारलाई अनुरोध गर्दछौँ ।
फणिन्द्र पन्त
प्रवक्ता तथा संयोजक सुचना,संचार तथा प्रकाशन समिति
अन्तर्राष्ट्रिय समन्वय परिषद्
गैरआवासीय नेपाली संघ
मिति: २०२५ जुन २४
प्रतिक्रिया