जब बारुदको गन्धले लिई सास,
र रक्तले रङ्गिन्छ यो धरा,
त्यो क्षण सम्झ मनुष्यता रुन्छ,
र सभ्यताले गुमाउँछ गर्व सारा।
लडाइँ जितिन्छ तर मान्छे हार्छ,
विनाशको चिहान खोसिन्छ झन् फाट्छ।
युद्धमा हुँदैन कुनै साँचो विजय,
त्यहाँ त हुन्छ केवल धूलो र भय।
त्यसैले म भन्छु, आज स्पष्ट स्वरमा—
शान्ति नै साँचो विजयको स्वर हो।
जहाँ संवाद हुन्छ, त्यहाँ सपनाहरू फुल्छन्,
जहाँ सम्वेदना बग्छ, त्यहाँ राष्ट्रहरू उठ्छन्।
जहाँ बन्द हुन्छ हतियारको घण्टी,
त्यहाँ बन्छ जीवनको मधुर सङ्गीति।
के छैन शान्तिमा?
छ मानवता, छ प्रगति, छ प्रेमको सुगन्ध,
छ साझा भविष्य, र छ सुन्दर सम्बन्ध।
युद्ध त हो क्षणिक क्रोधको विस्फोट,
तर शान्ति हो दीर्घ धैर्यको कमलको बोट।
युद्धले माग्छ बलिदान, शान्तिले दिन्छ जीवनदान।
युद्धले बनाउँछ घाउ, शान्तिले बनाउँछ इतिहास।
आजको युगले प्रश्न सोध्दैछ—
तिमी युद्ध रोज्छौ कि विकास?
तिमी बन्दुक रोज्छौ कि किताब?
तिमी डर रोज्छौ शान्ति
डिबी तामाङ
प्रतिक्रिया