आइतबार, साउन २५ २०७७
काठमाडौं ०७:४३
वासिङटन डिसी 21:58

अमेरिकामा किन दर्ता भए ३ वटा जनसम्पर्क समिति ?

-सोमनाथ घिमिरे, अमेरिका २०७७ असार २७ गते २२:५६ मा प्रकाशित

Nepali Public Relation Committee Ameirca(NPRCA) नेपाली जनसम्पर्क समिति अमेरिका आर्थिक अनियमितता र चरम विवादमा फसेको छ । विगत ६ वर्षदेखि अधिवेसन नगरी नेपालीहरुबाट उठाइएको चन्दा सहयोग (भुकम्प पिडित, बाढी पिडित, साधारण र कृयाशिल शुल्क, दुर्गा मन्दिर, न्युयोर्क-रिजहुड र महामारी) हरुमा उठाएको रकम अमेरिकी कानुन अनुसार आई आर एस वाट अडिट गर्नु पर्ने हुन्छ तर नगरेको खुलासा भएको छ।

हालै भएको जुम बैठकमा जनसम्पर्क समितिका एक पुर्व केन्द्रिय सदस्यले खुलेरै हुण्डि र अमेरिकी कानुन छलेर पठाइएको १ लाख ३० हजार डलर कहाँ गयो भनेर सोधेका थिए । त्यतिबेला उनले बैंक मार्फत नेपाल पठाएको दावी गरेपछि सबैको प्रमाण मागेका थिए ।

सन् २००७ मा अमेरिकामा नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा Nepali Public Relation Committee America (NPRCA), नेपाली जनसम्पर्क समिति अमेरिका, डालस, टेक्सस मा दर्ता भएको थियो र नेपाली काग्रेंस पार्टीले पनि यसैलाई मान्यता दिएको हो तर, आनन्द विष्ट र बेद खरेल मिलेर सन् २००९ मा न्युयोर्कमा सोही नामको अर्काे संस्था दर्ता गरेका थिए ।

पछि नेपाली कांग्रेसले हस्तक्षेप गरेर सन् २०१४ मा दुबै संस्थालाई एक बनाउन एकताको दोस्रो महाधिवेसन टेक्ससमा गराएको थियो । सो महाधिवेसनका प्रमुख अतिथि एवम् ततकालिन पार्टी उपसभापति राम चन्द्र पौडेल लाई मैले फरक मत राख्दै यसो भनेको थिए:” सस्थां अमेरिका मा दर्ता छ र अमेरिकी कानुन अनुसार एक भएकै छैन। पार्टीले टेक्ससमा दर्ता भएको सस्थांलाई मान्यता दिएको हुनाले अर्को सस्थां न्युयोर्कमा दर्ता भएकोले न्युयोर्क राज्य वाट dissolution of the corporation को पत्र लिएर मात्र र सबै हिसाब किताबको अडिट आई आर एस बाट गरेर मात्र अधिवेशन गर्न उचित र दिगो हुन्छ”।अमेरिकामा दर्ता भएको सस्थां प्रथमतः यहीँको कानुनी प्रावधान / नियमहरु पुरा गर्दै कार्यहरु गर्नु पर्छ र कुनै पनि सस्थां यसरि ६ वर्ष सम्म महाधिवेशन(AGM) नगरिकन आफै म पाईं गरेर अघि वढनु भनेको यहाँको कानुन विपरीत कार्य गरेको ठहर हुन सक्छ।

अब पार्टीले तुरुन्त हस्तक्षेप गर्न जरुरी छ र अमेरिकाको टेक्सस राज्यमा दर्ता भएको र पार्टीले पनि मानेको हुनाले यसैलाई यहाँको कानुन अनुसार सबै प्रक्रिया पुराएर एउटा शुभेच्छुक संस्था भएर पुलको काम गर्दा कुनै झंझट, विवाद या झै झगडानै हुदैन। पार्टीको विधान अनुसार १४ओें महाधिवेशनमा अमेरिका वाट भाग लिनलाई नेपालमा रगत पसिना बगाएका एवम् त्याग गरेका अग्रज कांग्रेसी बन्धु हरुलाई प्राथमिकता का आधार मा सरसल्लाह गरेर छनोट गर्दा सघंठन मजबुत हुन्छ भन्ने विश्वास छ।

अहिले पुरानो जनसम्पर्क समिति जसलाई पार्टीले मान्यता दिएको तर पार्टी हित विपरीत कार्य गर्दै धज्जी उडाउदै नेपाली जनसम्पर्क समिति नामकै अर्काे संस्था दर्ता गराएका छन। यसो गर्नुको कारण ३३% कर छल्न गरिएको हो भनेर आ.के.स. गोरख बा. बिष्ट उर्फ आनन्द बिष्ट ले जुम मिटिङमै कबुल गरेका छन।

पुरानो संस्थाबाट उठाइएको लगभग १ करोड ३५ लाख रुपैयाँ हुण्डि र गैर कानुनी मार्फत नेपाल पठाएका छन भने न्यु जर्सी र न्युयोर्क च्याप्टर ले जम्मा ४७ हजार डल्लर नगद बुझाएको पनि खुल्न आएको छ र त्यसको लेखाजोखा नै छैन। पार्टीलाई भनेर पठाइएको सो रकम कसको खातामा गयो भनेर अहिलेसम्म खोजी भएको छैन, जुन पैसा पार्टीको खातामा जम्मा भएको कुनै प्रमाण नै देखिँदैन ।

हाल कर छली गरेको र आइ आर एस मा दर्ता गरेको NPRCA को ट्याक्स आईडी र सदस्यता रसिदमा ट्याक्स आईडी फरक भएको प्रमाण पनि फेला परेको छ।अमेरिकी कानुन अनुसार सदस्यता रसीद आफ्नै सही ठोकेर यसरी गलत ट्याक्स आईडी प्रयोग गरेर शुल्क उठाउनु भनेको फेडेरल क्राईम हो र अझ ५०१ (सि)३ मा दर्ता भएको सस्थांले यसरी कुनै पनि राजनीतिक पार्टीका लागि सदस्यता शुल्क लिन पाईदैन।

अमेरिकाको विभिन्न राज्यहरु लगाएत न्युयोर्क राज्यमा बिसौं बर्ष देखि दर्ता भएका ५०१(सि)३ सस्थांहरु सुचारु रुपले अघि बढी रहेकै छ त एउटै भएर अमेरिकी कानुनकै दायरा भित्र बसेर, कुनै समानान्तर नै छैन। अमेरिकामा तिन वटा जनसम्पर्क चै किन ? शंकास्पद छ र यसको अमेरिकी कानुन अनुसार छानबीन हुनु पर्छ।

जुम बैठकमा सहभागीहरुले भुकम्पका बेलादेखि हालसम्म उठाइएको पैसा कहाँ गयो ? खोइ हिसाव किताव देखाउनु पर्दैन भनी प्रश्न गरेका थिए ।उनले उत्तरमा आफुले बैंक मार्फत नै पठाइएको दावी गरे पनि तर कसरी पठाए भन्ने वारे वृस्तीत खुलाउन अकमकाए।

अमेरिका एउटा कानुनी राज्य भएकोले, सबै व्यक्तिहरुले न्याय पाउने नै छन भन्ने हामीलाई लागेको छ।

-सोमनाथ घिमिरे, अमेरिका

प्रतिक्रिया