शुक्रबार, जेठ ६ २०७९
काठमाडौं ०१:१४
वासिङटन डिसी 15:29

झापामा कृष्णप्रसाद सिटौला सहभागी कार्यक्रममा झडप, केही घाइते

इनेप्लिज २०७२ साउन ४ गते १०:४७ मा प्रकाशित

11059601_839035156165708_2258499203648347291_nभद्रपुर, ४ साउन । नेपाली कांग्रेसका महामन्त्री तथा संविधान मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाको क्षेत्र झापा क्षेत्र नम्बर ३ को बनियानीमा संविधानको सुझाव संकलन कार्यमा झडप भएको छ ।

सामुदायिक भवन भित्र संविधान सुझाव संकलन कार्य गर्न सुरु गरेपछि हिन्दु राज्यको माग गर्दै चर्को नारावाजी सहित आएको राप्रपा नेपालका कार्य कर्ताहरुलाई सुरक्षाकर्मीले रोक्न खोजेपछि झडप भएको हो । करिव एक घण्टासम्म भएको दोहोरो झडपमा दुइ जना सुरक्षाकर्मी तथा २ जना राप्रपाका कार्यकर्ता घाइते भएका थिए । यसरी घाइते हुनेहरुमा राप्रपा नेपालकी क्षेत्रीय सदस्य तुलसा आचार्य, शेरमोदिन हक, सशस्त्र प्रहरी जवान विमल श्रेष्ठ लगायत रहेका छन् ।

बाहिर गेटमा ताला लगाएर आम सर्वसाधरणलाई प्रवेश निशेध गरिएको भन्दै राप्रपा नेपालका केन्द्रीय सदस्य राजेन्द्र लिङ्देनले आफूले जनताको अभिमत लिएर सुझाव दिन आएकोले सुझाव संकलन केन्द्रमा प्रवेश गर्न माग गरे पनि सुनुवाइ नभएपछि आक्रोसित कार्यकर्ताहरु ढुंगामुढा गर्न उत्रिएका थिए । झण्डै एक घण्टासम्म तनाव ग्रस्त भएको सो केन्द्रमा आन्दोलनकारीहरुले सुरक्षाका लागि खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीलाई अन्दाधुन्दा ढुंगाप्रहार गरी लखेटेका थिए ।

राप्रपा नेपाल लगायतको समूहले बाहिर नारा जुलुस गर्दै संविधानको मस्यौदा समेत जलाएर प्रदर्शन गरिरहे भने गेटमा ताला लगाएर हल भित्र सुझाव संकलन भएको थियो । झडपपछि प्रहरीले संचारकर्मीलाईसमेत हल भित्र प्रवेश गर्न दिइएको थिएन । प्रहरीसँग राप्रपा नेपाल, वैद्य माओवादी, मधेशवादी दलका कार्यकर्ता बीच बादबिवाद भई ठेलाठेल भएपछि झडप सुरु भएको थियो । भवनभित्र सुझाव संकलनकार्य जारी रहेको थियो । सुझाव संकलनमा अवरोध पुर्याउनका लागि विपक्षी कार्यकर्ताले जेनेरेटरको तार काटिदिएका थिए । भवन वाहिर कार्यकर्ताले नारावाजी गर्दै हो हल्ला गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया