अमेरिकाको मिल्वाकीमा पनि द्विप प्रज्ज्वलन कार्यक्रम सम्पन्

इनेप्लिज २०७२ वैशाख ३० गते १०:२६ मा प्रकाशित

20150507_200411

मिति अप्रिल २५,२०१५ गते नेपालमा गएको विनाशकारी महाभुकम्पमा परेर दिवंगत हुनु भएका सम्पूर्णआत्माहरुको चीर शान्तिको कामना र उक्त घटनामा परेका घाइतेहरुको शिघ« स्वास्थ्य लाभको कामना गर्दैस्वीस्कान्सिन राज्यको मिल्वाकी सिटीमा रहेको नेपाली मिल्वाकी परिवार र यूडब्लुएम कलेज मिल्वाकीकोपार्टनरसिपमा मिति मे, ७ ,२०१५ विहिवार बेलुका ८ बजे देखि ९ बजे सम्म यूडब्लुएम कलेज मिल्वाकीको युनियनहलमा सामूहिक द्विप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा नेपाली मिल्वाकी परिवारको सल्लाहाकार तथा यूडब्लुएम कलेजको Educational Policy &Community Studies को Associate Professor डा.कल्याणी राइले महाभूकम्पबाट प्रत्यक्ष अप्रत्यक्ष प्रभाव परेकासम्पूर्ण परिवारहरु प्रति शोक मन्तब्य तथा समवेदन ब्यक्त गर्नु भएको थियो ।

20150507_204446 स्थानीय मेयर Tom Barret कातर्फबाट प्राप्त भएको समवेदना मन्तब्य यूडब्लुएम कलेजको Economics Department का Professor Aroraले पढेर सुनाउनु भएको थियो । उक्त कार्यक्रममा Chancellor of UWM Milwaukee का Mark Mone ले हार्दिकसमवेदना मन्तब्य ब्यक्त गर्नु भएको थियो । त्यस्तै Inter Faith Prayer For Nepal का लागि Paster Chris Davis, Rabbi Jessica Barolsky , Ms Jannam Najeeb , Dr shalik Shakya , Prof. Arora लगायतका ब्यक्तित्वहरुले समवेदना मन्तब्य दिनु भएको थियो । सो कार्यक्रममा Prayer to The Earth Michael Zimmerman ले गर्नु भएकोथियो ।

त्यस्तै स्वीकान्सिनमा रहेको हिन्दु मन्दिरको तर्फ बाट डा.भारद्वाजले समबेदना मन्तब्य दिनु भएको थियो भने मन्दिरका पुजारी श्री आचार्य जगदिशले स्वस्ती शान्ति पाठ गर्नु भएको थियो ।उक्त कार्यक्रममा नेपाली मिल्वाकी परिवारका अध्यक्ष श्री तिलक केसी,उपाध्यक्ष श्री राम भुलन्जा, सचिव श्री सुमनउप्रेती लगायत पदाधिकारीहरुको सक्रिय उपस्थिति थियो भने मिल्वाकी वरपर बसोबास गर्ने नेपाली समुदायको ठूलोसंख्यामा उपस्थिति रहेको थियो । कार्यक्रममा इन्डियन समुदाय तथा अमेरीकी समुदायहरुको पनि उल्लेखनियउपस्थिति रहेको थियो ।उक्त कार्यक्रममा दिवंगत आत्माहरुको चीर शान्तिका लागि २ मिनेट मौन धारण गरी प्र्राथाना गरिएको थियो ।

20150507_203447

यूडब्लुएम कलेजमा अध्ययनरत विद्यार्थीहरु र स्थानीय बालबालिकाहरुले नेपालको राष्ट्रिय गान गाएकार्यक्रमलाइ थप रौनता दिएका थिए । उक्त कार्यक्रम नेपाली मिल्वाकी परिवारका तर्फबाट श्री विजया गिरीलेकार्यक्रममा सहभागी सम्पूर्ण ब्यक्तित्वहरुका लागि स धन्यबाद ब्यक्त गर्दै नेपालको रेखाङ्कित नक्शाममैनबत्तिबालेर समापन गरिएको थियो ।

20150507_200330

प्रतिक्रिया