अमेरिकाको ओक्लाहोमामा गाँजा खेतमा ४ चिनियाँ नागरिकको हत्या गर्ने फरार रहेका संदिग्ध पक्राउ

इनेप्लिज २०७९ मंसिर ८ गते १:४६ मा प्रकाशित

अमेरिकाको ओक्लाहोमामा गाँजा खेतमा ४ चिनियाँ नागरिकको हत्या गर्ने फरार रहेका संदिग्ध पक्राउ परेका छन् । पक्राउ परेका ती संदिग्ध पनि नाम वु चेन रहेको प्रहरीले बताएका छन् । उनको नाम चिनिया मूलकै झैँ लाग्दछ ।

ओक्लाहोमा राज्य अनुसन्धान बिभागले गत मंगलबार सप्ताहन्तमा हत्यामा संलग्न संदिग्ध वु चेनलाई मायामी बीच नामक शहरमा प्रहरीले हिरासतमा लिएको गत मंगलबार बताए ।

उनलाई मायामी-डेड काउन्टी कारागारमा ल्याईएको छ । प्रहरीका अनुसार गत् आइतबार उक्त संदिग्ध ओक्लाहोमाको पश्चिममा अवस्थित गाँजा खेतमा रहेको घरमा साँझ ५:४५ बजे प्रवेश गरेका थिए । अधिकारीहरूका अनुसार पीडितहरूमा तीन पुरुष र एक महिला सबै चिनियाँ नागरिकहरू परेका छन । मारिनेहरुको नाम र उमेर खुलाइएको छैन ।

पाँचौं घाइते पनि चिनियाँ नागरिक हुन भने उनि घाइते भएकाले उनलाई उदग्रबिमान (हेलिकप्टर)बाट इलाका अस्पतालमा लगिएको थियो ।

संदिग्धलाई हत्या गर्ने अभियोगमा हत्या र गोली हानेको आरोप लगाइने र ओक्लाहोमा सुपुर्दगी गरिने प्रहरीले बताए ।

ओक्लाहोमा शहरबाट करिब ५५ माईल (९० किलोमिटर) उत्तरपश्चिममा रहेको हेनेसीको पश्चिममा रहेको १० एकड (४-हेक्टर) सम्पत्तिमा गोली हानी मारिएको थियो। ।

बाँचेकालाई दुई पटक गोली हानिएको प्रहरीले बताए ।

प्रतिक्रिया