डियर जिन्दगी – आई लभ यू !

मदन बस्नेत, टोरोन्टो। २०८२ असार २५ गते ०:५८ मा प्रकाशित

साथी

त्यस्तै हुन्छ्न्

कोही हुन्छन्

कोही हुन्नन्

कति टाढिन्छ्न्

कति छुटिन्छ्न्

कसैले मन दुखाउँछन्

कसैको दुखाईन्छ

अन्तिम सम्म रहने त

आफू मात्र हो

आफैं त हो।।

त्यसैले म

आफैंलाई माया गर्छु

बेस्सरी माया गर्छु

आफैंलाई घुर्क्याउँछु

अनि आफूले आफैंलाई फकाउँछु

न कसैले धोखा दिने डर

न त कसैसंग टाढिने रहर

बिन्दास छ जिन्दगी

अरु भन्दा पर

सबैभन्दा पर

आफू आफैंमा रमाउँदा

आफैंलाई आफैंले

माया गर्दा

डियर जिन्दगी

आई लभ यु !

मदन बस्नेत, टोरोन्टो।

प्रतिक्रिया