नेतान्याहूको अमेरिकी कंग्रेसमा दौडधुप: ट्रम्पसँग ‘अद्वितीय समन्वय’, इरान र गाजामाथि निर्णायक सहयोगको प्रशंसा

इनेप्लिज २०८२ असार २५ गते १०:५३ मा प्रकाशित

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी सांसदहरूसँग भेटघाट गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्प को इरानविरुद्धको निर्णयलाई ऐतिहासिक भनेका छन्। हालैको भ्रमणमा उनले सभामुख माइक जोनसन, उपराष्ट्रपति जेडी भान्स र राष्ट्रपति ट्रम्पसँग भेट गरेका हुन्।

सभामुख जोनसनसँगको भेटपछि नेतन्याहूले पत्रकारहरूलाई भने, “राष्ट्रपति ट्रम्पको दृढ निर्णयले इजरायललाई नष्ट गर्न खोज्नेहरू विरुद्ध अमेरिकासँग मिलेर कदम चाल्न सकिएको छ, जसले मध्यपूर्वको अवस्थालाई नाटकीय रूपमा बदलिदिएको छ।”

ट्रम्पले गत महिना इरानको आणविक कार्यक्रमसँग सम्बन्धित तीन स्थानमाथि प्रहार गरेपछि केही सांसदहरूले उनलाई अनुमति बिना युद्धमा लैजान खोजेको आरोप लगाएका थिए। यद्यपि, ट्रम्प र नेतन्याहू दुवैले गाजा र इरान विरुद्धको सहकार्यलाई “मध्यपूर्वमा नयाँ अध्याय” को सुरुवातको रूपमा चित्रित गरेका छन्।

नेतन्याहूले भने, गाजामा हामीले काम सक्न बाँकी छ । सबै बन्धक मुक्त गर्नु र हमासको सैन्य र राजनीतिक संरचना पूर्ण रूपमा नष्ट गर्नु छ । गाजाको भविष्य अब फरक हुनुपर्छ । हाम्रो लागि मात्र होइन सबैको लागि हो ,उनले भने ।

उनले ट्रम्पसँगको समन्वयलाई “अद्वितीय” भन्दै प्रशंसा गरे। नेतन्याहूले राष्ट्रपति ट्रम्पसँग व्हाइट हाउसमा रात्रीभोजमा पनि सरिक भएका थिए। ट्रम्पले पनि हमाससँगको चाँडै युद्धविरामको आशा व्यक्त गरेका छन्।

सभामुख जोनसनले भने, “१२ दिने युद्धमा अमेरिकाले इजरायलसँग मिलेर इरानलाई दशकयताकै कमजोर अवस्थामा पुर्‍याएको छ। हामी शान्तिको नयाँ युग सुरु हुने आशा गर्छौं।”

यो भ्रमणको क्रममा नेतन्याहू बिपक्षी र सत्तारूढ दुबै दलका नेताहरूसँग भेट गर्नेछन्।

प्रतिक्रिया