लस एञ्जलस बाहिर आप्रवासी कारबाहीमा हस्तक्षेपः थप चार जना पक्राउ

इनेप्लिज २०८२ असार २५ गते १८:४२ मा प्रकाशित

लस एञ्जलस बाहिर अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तनले सञ्चालन गरिरहेको संघीय आप्रवासी कारबाहीमा हस्तक्षेप गरेको आरोपमा थप चार जना पक्राउ परेका छन्। 

यो पुष्टि अमेरिकाको गृह सुरक्षा विभागले गरेको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक निर्वासन अभियानलाई कार्यान्वयन गरिरहेका संघीय अधिकारीहरू हाल बढ्दो आक्रमणको सामना गरिरहेका छन्।

यसैबीच, अमेरिकी न्याय विभागले भने यस्तो लक्षित आक्रमणलाई गम्भीर रूपमा लिइएको जनाएको छ। 

बिभागले एक विज्ञप्तिमा भनेको छ, “हामी संघीय कानुन प्रवर्तन अधिकारीहरूमाथि गरिएका यस्ता लक्षित आक्रमणहरूलाई ध्यानपूर्वक ट्र्याक गरिरहेका छौं र दोषीमाथि कडा कानुनी कारबाही हुनेछ।”

प्रतिक्रिया