ट्रम्प सरकारको कडा कदम:  परालैंगिक (ट्रान्सजेन्डर) खेलाडीलाई लिएर क्यालिफोर्निया शिक्षा विभागविरुद्ध मुद्दा दायर

इनेप्लिज २०८२ असार २५ गते १४:१५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बुधबार क्यालिफोर्निया शिक्षा विभाग र क्यालिफोर्निया इन्टरस्कोलास्टिक फेडेरेसन( क्यालिफोर्निया विद्यालयबीच खेल महासंघ )विरुद्ध मुद्दा दायर गर्ने घोषणा गरेको छ। 

ट्रम्प प्रशासनले यिनीहरूलाई अमेरिकी संघीय कानुन शीर्षक नौ  उल्लङ्घन गरेको आरोप लगाएको छ।

फक्सन्यूजका अनुसार मुद्दाको मुख्य विषय भनेको क्यालिफोर्नियाको त्यो नीति हो, जसअनुसार जैविक रूपमा पुरुष खेलाडीहरूलाई महिला खेल प्रतियोगितामा सहभागी हुन अनुमति दिइएको छ। 

यस विषयमा यसै वर्ष विशेष बहस तब चुलिएको थियो जब एक परालैगिक खेलाडीले महिलाहरुको दौड प्रतियोगितामा धेरैवटा शीर्ष स्थान जितेका थिए।

अब ट्रम्प प्रशासनले अदालतमा मुद्दा लिएर गएको छ । र ,यस्तो नीतिमाथि रोक लगाउने आदेश माग गरेको छ। 

प्रशासनको दाबी अनुसार यस्तो नीतिले महिला खेलाडीहरूको अवसर खोसिएको छ । उनीहरूको समान प्रतिस्पर्धाको अधिकारमा चोट पुगेको समाचारमा जनाइएको छ ।

यो मुद्दा अमेरिकाभरि परालैंगिक अधिकार र महिला अधिकारबीचको सन्तुलनको नयाँ बहसको विषय बन्ने निश्चित देखिन्छ।

प्रतिक्रिया