भीषण वर्षापछिको बाढीले अमेरिकको न्यू मेक्सिको राज्यको लोकप्रिय पर्यटकीय गाउँ रुइडोसोमा एक पुरुष र दुई बालबालिकाको ज्यानलिएको छ। बाढी अति शक्तिशाली भएको कारण पूरा घर नै बगाएर नदीमा पसेको अधिकारीहरूले जानकारी दिएका छन्।
बाढीको समयमा तीन जनालाई हराइरहेको भनिएको थियो, र प्रारम्भिक जानकारी अनुसार तिनै व्यक्ति मृत अवस्थामा फेला परेका हुन सक्ने आशंका गरिएको छ
न्यू मेक्सिकोको आपतकालीन व्यवस्थापन विभागकी डेनियल सिल्भा*का अनुसार, उद्धार टोलीहरूले कम्तिमा ८५ जनालाई उद्धार गरेका छन् । धेरैजसो आफ्नै घर र गाडीभित्र फसेका थिए।
रिओ रुइडोसो नदीको पानी केही मिनेटमै १९ फिटसम्म पुगेपछि अधिकारीहरूले स्थानीयलाई उच्च स्थानमा जान आग्रह गरेका थिए। राष्ट्रिय मौसम सेवाले बाढीको चेतावनी जारी गरिसकेको थियो।
यो क्षेत्र २०२४ को गर्मीमा भएको डढेलो पछि अझ संवेदनशील बनेको छ। त्यतिबेला करिब १४०० घर र संरचना नष्ट भएका थिए । एपीका अन्सौर जंगलको सतह सुक्खा भएकाले वर्षाले छिट्टै बाढी निम्त्यायो।
रिओ रुइडोसो नदीको पानी २० फिटभन्दा माथि पुगेको प्रारम्भिक मापनले देखाएको छ । हाल तीनवटा आपतकालीन आश्रयहरू खोलिएको छ, जसमा बास बस्न नसकेका बासिन्दाहरूलाई राखिएको छ।
प्रतिक्रिया