एनभिडियाको सेयर मूल्य बुधबार बजार खुल्ने बित्तिकै २.५% ले बढ्दै प्रतिष्ठान(कम्पनी)ले किर्तीमान तोडेको छ।
यो वृद्धिसँगै अमेरिकी चिप निर्माता प्रतिष्ठानको बजार मूल्य ४ ट्रिलियन (४ खर्ब अमेरिकी डलर) नाघेको हो।
यो वर्ष मात्रै एनभिडियाको हिस्सा(सेयर) लगभग २०% ले उकालो लागेको छ, जसको प्रमुख कारण कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा यसको अग्रणी भूमिका हो।
एनभिडियाले एप्पल र माइक्रोसफ्टलाई उछिन्दै ४ ट्रिलियन क्लबमा पहिलो प्रवेश गर्ने अमेरिकी प्रतिष्ठान बन्न सफल भएको छ।
वर्षको सुरुवातमा एप्पल विश्वकै सबैभन्दा मूल्यवान प्रतिष्ठान थियो ।
यसैबीच, एनभिडिया र माइक्रोसफ्टबीच विश्वकै शीर्ष स्थानको होडबाजी चलिरहेको थियो। अन्ततः एनभिडियाले तीव्र उछालसहित माइक्रोसफ्टलाई पछि पार्दै यो कीर्तिमान हासिल गरेको हो।
प्रतिक्रिया