रुसले मंगलबार राति युक्रेनमाथि अहिलेसम्मकै ठूलो मानव रहित यान (ड्रोन)बाट आक्रमण हमला गरेको छ। राष्ट्रपति भोलोदमिर जेलेन्स्कीका अनुसार कुल ७४१ मानव रहित यानहरू प्रयोग गरिएको थियो, जसमा ७२८ वटा मानव रहित यान र १३ वटा क्षेप्यास्त्रहरु थिए।
युक्रेनी वायु सेनाका अनुसार ७११ मानव रहित यान र ७ क्षेप्यास्त्रहरु नष्ट गरिए। तर आक्रमणका असरहरू चारभन्दा बढी क्षेत्रमा देखिएको छ। मुख्य निशाना भोलिन क्षेत्र र लुत्स्क शहर थिए।
जेलेन्स्कीले यसलाई “एकै दिनमा भएका सबैभन्दा धेरै हवाई हमला” भनेका छन्। उनले भने, “यो हमला स्पष्ट संकेत हो कि राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोक्ने अमेरिकी प्रयासमा कुनै चासो छैन।”
धेरै क्षेत्रहरू मध्ये डनिप्रो, झिटोमिर, कीभ, मिकोलाइव, खार्किभलगायत मा क्षति पुगेको छ। जेलेन्स्कीले भने, “युद्धको इन्धन तेलमाथि अब कडा प्रतिबन्ध आवश्यक छ। जुन देशले रुसको तेल किन्दैछ, उनीहरूले हत्या प्रायोजित गरिरहेका छन्।”
यसैबीच पोल्याण्डले आफ्ना लडाकु विमानहरू सतर्क बनाएको छ। रुसको रक्षा मन्त्रालयले भने, उनीहरूले “सबै लक्ष्यहरूमा हमला सफल भएको” दाबी गरेको छ।
यसै रात युक्रेनले पनि रूसमा ८६ वटा मानव रहित यान पठाएको थियो, जसमा चारवटा मास्को क्षेत्रमै खसालिएको बताइएको छ।
प्रतिक्रिया