बिगत एक दशक भन्दा बढी समयदेखि अमेरिकामा बसोबास गर्दै आएका बानाको महासचिवमा निर्वाचित शलिन बस्नेत बाना मार्फत समुदायमा काम गर्दा छुट्टै आनन्दको अनुभूति भएको र कार्यकाल भरि योगदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
बाना जस्तो संस्थामा निर्वाचित भएकोमे उनि गर्व गर्छन् र उनि दंग पनि छन् । सामाजिक सेवाको लागि समय खर्ची समर्पण गर्न पाउनुको छुट्टै आनन्द भएको उनले बताए ।
मेरील्याण्ड राज्यमा स्थापित छाता संगठन बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) का महासचिवको रूपमा जिम्मेवारी सम्हाल्दै आएका उनले सपथ ग्रहण पश्च्यात २-४ वटा कार्यक्रममा सक्रिय रुपमा संलग्न हुन् पाएकोमा हर्ष व्यक्त गरेका छन् ।
उनको अनुभव, निःस्वार्थ सेवा र निरन्तरताले नेपाली समुदायलाई सशक्त, संगठित बनाउने कार्यमा प्रभाव देखिन थालेको छ ।
उनि महासचिव हुदै गर्दा पहिले देखि नै संचालन हुदै आएको ‘बाना स्वास्थ्य शिविर तथा ‘बा आमासंग बाना’ साहित्यिक कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ। उनले सबैलाई निरन्तर सहयोग र साथ दिन आह्वान गरेका छन् ।
प्रतिक्रिया