आँधी इअनले साउथ क्यारोलाइनालाई प्रहार गर्न थालेपछि फ्लोरिडामा कम्तिमा २५ जनाको मृत्यु 

इनेप्लिज २०७९ असोज १४ गते १६:५३ मा प्रकाशित

आँधी इअनले अमेरिकाकाको  साउथ क्यारोलाइना राज्यलाई प्रहार गर्न थालेपछि फ्लोरिडामा कम्तिमा २५ जनाको मृत्यु भएको समाचार सिएनएनले जनाएको छ ।

इअन  समुन्द्री आधी बिहान ११ बजेसम्म ८५ माइल प्रतिघण्टाको गतिमा  दक्षिण क्यारोलाइनातर्फ लागि रहेको जनाईंएको छ ।

“यो खतरनाक आँधी हो जसले उच्च हावा र धेरै पानी ल्याउनेछ,” दक्षिण क्यारोलाइनाका गभर्नर हेनरी म्याकमास्टरले ट्वीट गरे।

उन्ले सबैलाई चलाख र  सतर्क हुन र राम्रो  निर्णय लिन अनुरोध गरेका छन।

प्रतिक्रिया