शनिबार, भदौ ४ २०७९
काठमाडौं ०९:०६
वासिङटन डिसी 23:21

न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित

इनेप्लिज २०७९ असार १८ गते ०:३४ मा प्रकाशित

न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित भएका छन् । खडग बहादुर पुलामी ( बिक्की) सर्बसम्मतबाट अध्यक्ष पदमा चयन भएका हुन् ।

लायन्स क्लब अफ क्विन्स बुद्धको सम्पुर्ण पदाधिकारीहरुको उपस्थितीमा परोक्ष (भर्चुअल )बसेको बैठकबाट २०२२-२३ को लागी लायन खडग बहादुर पुलामी (बिक्की) लाई सर्बसम्मत अध्यक्ष पदको लागी चयन गरेको हो ।

त्यसै गरि भर्चुअल (परोक्ष)बैठकबाट प्रथम उपाध्यक्षमा लायन बुद्ध पौड्याल, द्वितिय उपाध्यक्षमा लायन सोनु मल्ल र तृतिय उपाध्यक्षमा लायन शिबजी खड्का चयन भएका छन् । त्यस्तै गरी सचिब पदमा लायन चन्द्र नेपाली, कोषाध्यक्षमा सुरेश कार्की, मेम्बरशिप चेयरमा सांग दोर्जे शेर्पा र सिग्नेचर कार्यक्रम संयोजकमा प्रकास बस्नेत सर्बसम्मत चयन भएका छन् ।

नव निर्वाचित अध्यक्ष पुलामी संचारकर्मी तथा उत्कृष्ट कार्यक्रम प्रस्तोता हुन् ।

प्रतिक्रिया