पराजित भएका ट्रम्पलाई जिताउन प्रपन्च र षडयन्त्र गर्ने वकिल रुडी जुलियानी र माइकल फ़्लेनलाई प्रदान गरिएको मानार्थ उपाधि बिश्वबिद्यालयद्वारा रद्ध
राष्ट्रपतिको निर्वाचनमा जो बाइडेनसंग ८० लाख मतले पराजित भएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिताउन प्रपन्च र षडयन्त्र गर्ने वकिल तथा ब्यापारी रुडी जुलियानी र माइकल फ़्लेनलाई प्रदान गरिएको मानार्थ उपाधि बिश्वबिद्यालयले रद्ध गरेको छ ।
रोड आइल्याण्ड विश्वविद्यालयले ट्रम्पका दुई सल्लाहकारहरू सेवानिवृत्त लेफ्टिनेन्ट जनरल माइकल फ्लिन र न्यूयोर्क शहरका पूर्व नगर प्रमुख तथा व्यवसायी रुडी जुलियानीलाई प्रदान गरिएको मानार्थ उपाधि रद्ध गरेको छ ।
बिश्वबिद्यालयको संचालक समिति -गुठी (बोर्ड अफ ट्रस्टी)ले गत शुक्रबार आन्तरिक छलफल पछि उपाधि (डिग्रीह)रू रद्द गर्न मतदान गर्यो भनि एनबिसीवाशिंगटनले समाचार लेखेको छ ।
अध्यक्षले एक विज्ञप्ति मार्फत फ्लिन र जुलीयानीले उनीहरूले पहिलो पटक सम्मान प्राप्त गरेका मान र मापदण्डहरूलाई “अब प्रतिनिधित्व गर्दैनन्” भनेका छन् । “नागरिक संस्थाको रूपमा युआरआईसँग राम्रो नागरिकताको प्रेरणा र प्रतिमान (मोडेलिङ) गरेर अमेरिकी लोकतन्त्रलाई दिगो र संरक्षण गर्ने विशेषाधिकार र जिम्मेवारी छ,” अध्यक्षले भने ।
“यी मानद उपाधिहरू रद्द गर्नाले हाम्रा मूल्यमान्यताहरूलाई सुदृढ बनाउँछ र हामीलाई सत्य र निष्ठाका साथ नेतृत्व गर्न अनुमति दिन्छ।” उनले थपे ।
ट्रम्पका शीर्ष कानुनी सल्लाहकारहरू मध्ये एकको रूपमा सेवा गर्ने जुलियानीलाई सेप्टेम्बर ११ ,२००१ मा भएको आक्रमणहरू पछि उनको नेतृत्वको आधारमा २००३ मा कानूनको बिद्यावारिधि (डक्टर अफ लज होनोरिस काउसा)बाट सम्मानित गरिएको थियो ।
फ्लिन जसले रुससँगको आफ्नो सम्पर्कको बारेमा ट्रम्प अधिकारीहरूलाई भ्रममा पारेको प्रतिवेदनहरू आए पछि राजीनामा गर्नु अघि ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा संक्षिप्त रूपमा सेवा गरेका फ्लिनलाई २०१४ मा मानार्थ उपाधि (अनररि डक्टोरेट अफ हुमेन लेटर्स ) प्रदान गरिएको थियो।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया