मेरील्याण्डको बिद्यालयमा विद्यार्थीलाई गोली प्रहार , संदिग्ध हिरासतमा
अमेरिकाको मेरिल्याण्ड राज्यमा प्रहरीले मेरिल्याण्ड माध्यमिक बिद्यालयमा एक विद्यार्थीलाई गोली हानेको आरोपमा एक संदिग्धलाई हिरासतमा लिईएको प्रहरी विभागले जनाएको छ ।
एक विद्यार्थीलाई शुक्रबार दिउँसो मेरील्याण्ड हाई स्कूल(माध्यमिक बिद्यालय )मा गोली हानिएको थियो । जस्को कारण एक घण्टा लामो तालाबन्दीलाई गर्नु परेको थियो ।
प्रहरी अधिकारीहरूले बिद्यालयबाट १७ वर्षीय एक विद्यार्थीलाई हिरासतमा राखिएको बताए । मोन्टगोमेरी काउन्टी प्रहरीद्वारा जारी समाचार विज्ञप्ति अनुसार रकभिल शहरको मगरुडर हाई स्कूलको सुरक्षालाई १२:५३ बजे बिद्यालयको शौचालयमा घटना घटेको थाहा भएको जनाएका छ्न ।
एक किशोर विद्यार्थीलाई गोली लागेको थियो र चार मिनेट पछि प्रहरी विभागको ९११ मा खबर गरिएको समाचार विज्ञप्तिमा भनिएको छ।
घाइते विद्यार्थीलाई अस्पताल लगिएको छ भने जहाँ उनको अवस्था गम्भीर रहेको र शल्यक्रिया भइरहेको प्रहरीले जनाएका छन् ।
मोन्टगोमेरी काउन्टीका प्रहरी प्रमुख मार्कस जोन्सले भने कि संदिग्ध, एक साथी विद्यार्थीलाई भवनको खोजीका क्रममा विद्यालयमा ताला लगाइएको करिब दुई घण्टा पछि हिरासतमा लिइएको थियो। संदिग्ध एक हतियारसहित फेला परेको प्रमुखले बताए ।
विद्यालयका अधिकारीहरूले विद्यालयलाई सुरक्षित बनाएको बताए भने उक्त विद्यार्थीहरूलाई बर्खास्त गरिने भनि एबिसीन्यूजले समाचार लेखेको छ । उक्त बिद्यालय विद्यालयमा लगभग १७०० विद्यार्थीहरू रहेका छन ।
नेपाली संगीतमा प्रवासको योगदान
नेपाल र अमेरिकामा मे २७ का दिन एकै पटक कबड्डी चलचित्र प्रदर्शन , टेक्ससमा दैनिक प्रदर्शन हुने
म्याडिसन विस्कनसिनमा यही मेमोरियल डे साता इन्टर स्टेट भलिबल प्रतियोगिता हुँदै
न्यूयोर्कमा यसरी सम्पन्न भयो पाँचौं नेपाल डे परेड (तस्बिरहरु सहित)
अमेरिकामा रहेका नेपाली मूलका मुटरोग विशेषज्ञ चिकित्सक डा. बडालले ल्याए आमाको सम्झनामा पुस्तक
प्रतिक्रिया