आइतबार, माघ ९ २०७८
काठमाडौं १५:३०
वासिङटन डिसी 04:45

अमेरिका आउने यात्रुहरूको लागि कडा परीक्षण आवश्यकताहरू सोमबार देखि लागू हुने

इनेप्लिज २०७८ मंसिर १७ गते ०:२० मा प्रकाशित

अमेरिका आउने यात्रुहरूको लागि कोरोना भाइरसको कडा परीक्षण आवश्यकताहरू सोमबार देखि लागू हुने भएको छ ।

संयुक्त राज्य अमेरिका आउने सबै यात्रुहरूका लागि बाइडेन प्रशासनको नयाँ कडा कोभिड-१९ परीक्षण आवश्यकताहरू सोमबार देखि लागू हुने एक प्रशासनिक अधिकारीले सीएनएनलाई बताए ।

नयाँ नियमहरूले अर्को देशबाट संयुक्त राज्य अमेरिकामा उडान गर्ने प्रत्येक यात्रीले प्रस्थान गर्नु एक दिन अघि कोरोना संक्रमित नभएको अर्थात् (नकारात्मक नतिजा ) परीक्षण गर्नु पर्ने छ।

अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्र(सिडिसी)को नयाँ नियम सोमबार बिहान १२:०१ बजे अमेरिकी पूर्वीय समय देखि लागू हुनेछ।

प्रतिक्रिया