आइतबार, माघ ९ २०७८
काठमाडौं १५:३७
वासिङटन डिसी 04:52

सान फ्रान्सिस्को पत्रकारहरुका लागि खटिएका सुरक्षाकर्मीलाई लुट्ने प्रयासमा गोली लागेर मृत्यु

जानकारी दिनेलाई ३२ हजार ५ सय पुरस्कार

इनेप्लिज २०७८ मंसिर १२ गते ११:५६ मा प्रकाशित

सान फ्रान्सिस्को पत्रकारहरु अर्थात् संचार माध्यम (समाचार टोली)का लागि खटिएका सुरक्षाकर्मीलाई लुट्ने प्रयासमा गोली लागेर मृत्यु भएको छ । सान फ्रान्सिस्को बे (खाडी) क्षेत्र समाचार टोलीको लागि खटिएका एक सुरक्षा गार्ड (सुरक्षाकर्मी )लाई गोली हानिएपछि उनको गत शनिबार मृत्यु भएको प्रहरीले बताए ।

केभिन निशिता नामक सुरक्षाकर्मी गत बुधवार दिउँसो ओकल्याण्ड शहरको मुख्य केन्द्र (डाउनटाउन)मा एउटा समाचार सङ्कलन गर्ने टोलीको लागि सुरक्षामा काम गरिरहेका थिए जब कसैले चालक दललाई लुट्ने प्रयास गर्‍यो र निशितालाई गोली हानिएको थियो भनि ओकल्यान्ड प्रहरीले जनाएका छन् ।

सान फ्रान्सिस्को समाचार केआरओएन४ नामक संचार माध्यमले निशिता आफ्ना एक टोलीको सुरक्षामा काम गरिरहेको बताएका छन् ।

सुरक्षा कर्मी र हाम्रो साथी, केभिन निशिताको गुमाएकोमा हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा हाम्रो गहिरो सहानुभूति केभिनकी पत्नी, उनका छोराछोरी, उनको परिवार र उनका सबै साथीहरू र सहकर्मीहरूप्रति जान्छ भनि समवेदना प्रकट गरेका छन् ।

“जीवनको यो मूर्खतापूर्ण हानि बे क्षेत्रमा अर्को हिंसक आपराधिक कार्यको कारण हो। हामी आशा गर्छौं कि पुरस्कार प्रदान गर्दा जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गर्न मद्दत गर्नेछ ताकि उनीहरूले यस भयानक त्रासदीको लागि न्यायको सामना गर्न सकून्,” केआरओएन४ का उपाध्यक्ष र महा प्रबन्धक जिम रोजले सीएनएनलाई बिधुतिय डाक (इमेल) गरेको बक्तब्यमा भने।

सामाजिक संजाल ट्विटरमा शनिबार गरिएको प्रकाशनमा ओकल्यान्ड प्रहरीले यस मुद्दामा गिरफ्तारीको लागि जानकारी दिनेलाई २७ हजार ५ सय डलरको पुरस्कारलाई बढाएर ३२ हजार ५ सय गरिएको छ।

ओकल्यान्ड प्रहरीले निशिताको लुटपाट र हत्याको प्रयासमा संलग्न रहेको एउटा गाडीको विवरण समेत गत शनिबार जारी गरेको छ ।

प्रतिक्रिया