सोमबार, असोज ४ २०७८
काठमाडौं १३:०३
वासिङटन डिसी 03:18

अमेरिकामा बालबालिकामा कोभिड-१९ को संक्रमण गत जुलाई महिना देखि २४० प्रतिशत वृद्धि : अमेरिकन एकाडेमी अफ पिडियाट्रिक्स

इनेप्लिज २०७८ भदौ २९ गते १:३७ मा प्रकाशित

अमेरिकी बालरोग प्रतिष्ठान( एकाडेमी अफ पिडियाट्रिक्स )का अनुसार गत जुलाई महिना देखि बालबालिकामा कोभिड-१९ को संक्रमण करिव २४० प्रतिशत वृद्धि भएको जनाएको छ ।

सोमबार सेप्टेम्बर १३ का दिन प्रकाशित भएको तथ्यांकले उक्त आँकडा देखाएको हो ।

समूहले गत हप्ता २ लाख ४३ हजार ३ सय ७३ नया संक्रमितहरु भएको प्रतिवेदन प्रस्तुत गरेको थियो त्यो भन्दा अगाडी २ लाख ५१ हजार ७ सय ८१ नयाँ संक्रमित भएको उल्लेख गरेको छ ।

यो जुलाईको शुरुवात देखि लगभग २४० प्रतिशत बृद्धि भएको छ । बिगत दुई हप्तामा करिव ५ लाख संक्रमित भएको पाइएको छ भने गत ग्रीष्म ऋतुको प्रारम्भिक चरणमा संक्रमण घटेको जनाएको छ ।

बिज्ञहरुले १२ बर्ष माथिका सबै बालबालिकालाई खोप लगाउन सल्लाह दिएको छ । अमेरिकी बालरोग प्रतिष्ठान( एकाडेमी अफ पिडियाट्रिक्स )का अनुसार गत बिहिबार सम्म करिव ५३ लाख (५.३ मिलियन ) बालबालिकालाई कोरोना भै सकेको जनाएको छ ।

हाल अमेरिकाभरि संक्रमित हुने मध्ये २९ प्रतिशत बालबालिकाहरु रहेका छन् भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया