भर्जिनिया टेक बिश्वबिद्यालयका १३४ बिधार्थीहरुले कोभिड बिरुद्ध खोपको आवश्यकता पुरा नगर्दा भर्ना खारेजी

इनेप्लिज २०७८ भदौ १६ गते ११:२८ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको सुप्रसिद्ध भर्जिनिया टेक बिश्वबिद्यालयका १ सय ३४ बिधार्थीहरुले कोभिड बिरुद्ध खोपको आवश्यकता पुरा नगर्दा भर्ना खारेजी गरेको छ ।

भर्जिनियाको ब्लाक्सबर्गमा स्थित उक्त बिश्वबिद्यालय अमेरिकाकै उत्कृष्ट मध्ये कै एक हो ।

उक्त बिश्वबिद्यालयका प्रवक्ताले १३४ बिधार्थीले खोप लगाएको कुनै प्रमाणहरु नबुझाएको भर्ना खारेजी गरिएको बताएका छन् ।

उनले अन्य कारणले हो या अनुवार्य खोप लगाउनु पर्ने भएकोले कक्षा छोडेका हुन् भन्ने बारेमा भन्न सक्दिन भनेका छन । उन्ले हरेक बर्ष बिद्यालयको नियम पालना गर्नु पर्ने बिषयमा यसरी भर्ना खारेजी भै रहने बताए ।

अहिले उक्त बिश्वबिद्यालयमा ३७ हजार बिधार्थीहरु रहेका छन् भने ९५ प्रतिशतले खोप लगाई सकेका छन भनि एबिसी७ ले समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया