बिहीबार, साउन १४ २०७८
काठमाडौं १९:०५
वासिङटन डिसी 09:20

अमेरिकामा ३१ करोड ६० लाखलाई कम्तीमा एक खोप ,एकैदिनमा ११ हजार कोरोनाबाट संक्रमित

इनेप्लिज २०७८ असार ५ गते ११:२१ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ११ हजार ६ सय ६ जना संक्रमित भएका छन् । यसै गरी कोरोना भाइरसबाट ३ सय १ जनाको मृत्यु भएको छ । गत शुक्रबार जुन १८ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।

कोरोनाबाट संक्रमण हुनेको औसत दरमा विगत दुई हप्तामा १७ प्रतिशतले कमी आएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख १ हजार १ सय ८३ जनाको निधन भएको छ भने दुई हप्तामा १५ प्रतिशतले मृत्यु दर घटेको छ ।

हाल अमेरिकामा १८ हजार ३ सय ३५ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् भने भर्ना हुनेको संख्या २२ प्रतिशतले घटेको छ । गत जुन १८ का दिन अमेरिकामा ७ लाख २६ हजार ९ सय ४२ जनाले कोरोनाको जाँच गराएका छन् ।

अहिले बिहान शनिबार सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ३४ लाख ९७ हजार १ सय ७७ रहेको छ । अमेरिकामा हाल सम्म ३१ करोड ६० लाख ४८ लाख ७ सय ७६ जनाले कम्तिमा एक खुराक खोप लगाएका छन् ।

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४५ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५३ प्रतिशत पुगेको छ । अमेरिकामा वयस्कहरूले कम्तीमा पनि एक खुराक खोप ६५ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ५५ प्रतिशतले लगाई सकेका छन् ।

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८७ प्रतिशत र पूर्ण खोप ७७ प्रतिशत दिइएको सिडिसीले जनाएको छ । अमेरिकामा हाल सम्म २ करोड ८६ लाख ७५ हजार ९ सय २९ जनाले कोरोना जितेका छन् ।

अमेरिकाको जनसंख्या भन्दा ज्यादा खोपको आपूर्ति भएको छ भने गत जुन १८ सम्म ३७ करोड ७९ लाख ३५ हजार ३ सय ९० खोप आपूर्ति गरि सकिएको छ ।

प्रतिक्रिया