शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ००:०२
वासिङटन डिसी 14:17

बानामा एनआरएनए अमेरिकाको निर्वाचनका अध्यक्ष पदका उम्मेदवार कृष्ण प्र.लामिछाने लगायतलाई स्वागत

विजय थापा २०७८ वैशाख ७ गते ०:५२ मा प्रकाशित

बानाले एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार कृष्ण प्र.लामिछाने र उहाका समूहका अन्य उम्मेदवारहरु लाई स्वागत गरेको छ । कार्यक्रम परिचयबाट सुरु भएको थियो ।

मेरील्याण्ड राज्यको बाल्टिमोरमा स्थापित छाता संगठन बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका(बाना)ले आयोजना गरेको स्वागत कार्यक्रममा लामिछाने लगायत अन्य पदमा उम्मेदवार हुनु भएका सबैलाई आफ्नो सामुदायिक भवन देखाउनुको साथै खादा लगाई सबैलाई स्वागत गरेको छ ।

अध्यक्ष सुबोध पन्तले सबैलाई स्वागत गर्दै सबैलाई मैदानमा उत्रिएका सबै प्रत्याशीहरूलाई शुभकामना दिएका थिए । अनौपचारिक स्वागत कार्यक्रममा बानाका पूर्व अध्यक्ष अध्यक्ष कुलमणि आचार्यले बानाले महामारीमा गरेका गतिबिधि र अन्य कुराको संक्षेपमा बोलेका थिए ।

यसै गरि सबै संघ/संस्थाको प्रतिनिधित्व गर्दै बाल्टिमोरकै भएकोले एनआरएन अमेरिकाका उपाध्यक्ष कृष्ण जीबी पन्थले बानाले समुदायमा गरेको योगदान चर्चा गरे । र आफूलाई गत चुनावमा अत्यधिक मतले जिताउनु भएकोमा धन्यवाद दिदै यस पटक एक तह माथि वरिष्ठ उपाध्यक्षमा उठेको भन्दै सहयोगको आशा गरेको बताए ।

अध्यक्ष पदका उम्मेदवार कृष्ण प्र.लामिछानेले धेरै बर्ष पछि बाल्टिमोर आएको र बानाले गरेको क्रियाकलापबाट आफू निकै प्रभावित भएको बताए । उनले एनआरएनएमा दोश्रो तथा तेश्रो श्रेणीमा बसेर पनि काम गरेको बताए र अहिले अध्यक्षको प्रत्यासी भएको जनाए ।

आफू लामो समय सम्म समाज सेवामा काम गरेको भन्दै आफू झुट नोबोल्ने र तपाईको आशिर्वाद भएमा तपाईहरुको शिर निहुराउने कम कहिले नगर्ने बताए । कार्यकम संचालन बानाका महासचिव किरण ढकालले गरेका थिए ।

 

प्रतिक्रिया