आइतबार, चैत २९ २०७७
काठमाडौं २२:३२
वासिङटन डिसी 12:47

अमेरिकामा १ करोड २४ लाख ४७ कोरोनाबाट मुक्त,८ करोड ७९ लाख १२ हजारले खोप लगाए

इनेप्लिज २०७७ फागुन २३ गते ११:३६ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५६ हजार ६ सय ६ पुगेको छ । यस्तै मृत्यु हुनेको संख्या १ हजार ४ सय ५९ पुगेको न्यूयोर्क टाइम्सले जनाएको छ । गत आइतबार मार्च ६ का दिनका उक्त तथ्यांक न्यूयोर्क टाइम्सले निकालेको हो ।

बिगत हप्ता भन्दा औसतमा दैनिक ६०,२५८ जना संक्रमित भएका छन् भने दुई हप्ता अगाडी भन्दा औसतमा ११ प्रतिसतले संक्रमित हुने संख्यामा कमि आएको छ ।

न्युयोर्क र मायामी क्षेत्रमा निरन्तर संक्रमितको संख्यामा वृद्धि भै रहेको छ तर मृत्यु दर खोपको कारण घट्दै गइ रहेको छ । न्यूयोर्क टाइम्सका अनुसार पहिलो पटक हरेक दिन औसतमा २० लाख मानिसले खोप लिई रहेको जनाएको छ ।

अमेरिकामा हाल सम्म ११ करोड ६३ लाख ५५ हजार ४ सय ५ खोप वितरण भै सकेको छ भने कम्तिमा ८ करोड ७९ लाख १२ हजार ३ सय २३ जनाले खोप लगाई सकेको जानकारी सिडीसीले दिएको छ ।

हाल सम्म अमेरिकामा १ करोड २४ लाख ४७ हजार ७ सय ६६ कोरोना संक्रमितहरु संक्रमण मुक्त भै सकेका छन् । अमेरिका कोभिड-१९ बाट मृत्यु हुनेको कूल सख्या ५ लाख २३ हजार ९ सय ७० पुगेको छ ।

श्रोत :न्यूयोर्क टाइम्स/अन्य

प्रतिक्रिया